सौर्य वाटर पम्पबाट सिँचाइ सुविधा

    3948

    फागुन १५, काठमाडौं । काठमाडौंँ महानगरपालिकाले समुदायमा आधारित सौर्य प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाएको छ । काठमाडौँ शहरलाई उज्यालो बनाउनका लागि भन्दै महानगरले त्यस्तो कार्यविधि अघि बढाएको हो ।

    विद्युत्भार कटौतीको समयमा राजधानि शहर पूर्णतः अँध्यारो भएको भन्दै उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागिएको महानगरका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले जानकारी दिए ।  ‘साँझ पनि व्यापार, व्यवसाय तथा मनोरञ्जनका कार्यक्रम हुने भएकाले सौर्यबत्ती जडान गर्न लागिएको हो,’ उनले भने, ‘त्यसमा पनि राजधानि त सधँै उज्यालो हुनुपर्छ भन्ने मान्यता छ ।’
    यसरी जडान गर्न लागिएको सौर्य बत्तीका लागि उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था व्यक्तिगत प्रयोजनको लागि जडान गरिने सौर्य प्रणालीका लागि मात्रै उपलब्ध गराइने छ ।

    त्यसैगरी कुनै विद्यालय, अस्पताल, सार्वजनिक सङ्घ संस्था, सेवामूलक क्षेत्रलगायतले संस्थागतरुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्ने छ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने नियम पनि महानगरले तय गरेको छ ।

    प्रमुख रेग्मीका अनुसार एउटा सौर्य बत्ती जडान गर्न पोलसमेत गरी रू. एक लाखसम्म लगानी लाग्ने छ । अहिले बत्ती राख्नका लागि निवेदन आह्वान गरिएको छ । आइतबारदेखिनै निवेदन सङ्कलनको काम हुने महानगरले बताएको छ ।

    आवदेनअनुसार मात्रै कुन स्थानमा कति बत्ती जडान गर्ने, संस्थागत र व्यक्तिगसँगै लागतसमेतको आँकलन हुने प्रमुख रेग्मीले बताए । अठारौँं दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनका समयमा पनि नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली, पुरानो बसपार्कलगायत स्थानमा सौर्य प्रणाली जडान गरिएको थियो ।

    त्यसबेला महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न रू. १० करोडको लगानी गरेको थियो । त्यसबेला एकसय ५० ओटा सौर्य प्रणाली जडान भएका थिए । रासस

    Sourced through Scoop.it from: kinmel.setopati.com