सार्कमा सन् २०४० भित्र ७५० गिगावाट विद्युत्को आवश्यक

    1236

    सन् २०४० सम्ममा दक्षिण एसियाका ८ मुलुकमा ७ सय ५० गिगावाट विद्युत् आवश्यक रहेको एक अध्ययनले देखाएको छ । सार्क उद्योग वाणिज्य संघले काठमाडौंमा आयोजना गरेको छैटौ सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ का अवसरमा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ-इनर्जी (सारी-ई)ले  शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । सन् २०४० सम्ममा दक्षिण एसियाका ८ मुलुकमा ७ सय ५० गिगावाट विद्युत् आवश्यक रहेको एक अध्ययनले देखाएको छ ।

    सार्क उद्योग वाणिज्य संघले काठमाडौंमा आयोजना गरेको छैटौ सार्क बिजनेस लिडर्स कनक्लेभ २०१८ का अवसरमा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ-इनर्जी (सारी-ई)ले  शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक गरिएको हो । दक्षिण एसियाको विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धनका लागि तयार पारिएको लगानीको मार्गचित्र र निर्देशिकासम्बन्धी प्रतिवेदनमा विश्वमै दक्षिण एसियामा तीब्र गतिको आर्थिक वृद्धि भएको उल्लेख छ । दक्षिण एसियामा ३ सय ५० गिगावाट विद्युत् जलविद्युत् क्षमतामात्र रहेको उल्लेख गर्दै यसका लागि १ हजार ३ सय ९० अर्ब डलर लगानी आवश्यक रहेको अध्ययनले देखिएको सारीका निर्देशक विजय कारबन्दाले जानकारी दिए ।

    एसियाली विकास बैक (एडीबी) को प्रतिवेदनलाई उद्धृत गर्दै उल्लेख भएअनुसार दक्षिण एसियामा १ लाख ९ हजार मिलियन टन कोलमार्फत, ५ हजार ९ सय मिलियन ब्यारेल आयलमार्फत, ९५ टीसीएफ प्राकृतिक स्रोतमार्फत र २ सय २३ मिलियन टर्नस् बायोग्याँसमार्फत उत्पादनको क्षमता रहेको उल्लेख छ । विश्व बैकको सन् २०१६ को प्रतिवेदन अनुसार हालसम्म ३ सय ३६ गिगावाट मात्र विद्युत् उत्पादन भएको छ । प्रतिवेदन अनुसार दक्षिण एसियाभित्र अन्तरदेशीय विद्युत् व्यापारको सम्भावना उच्च भएपनि हालसम्म २ हजार ३ सय मेगावाट मात्र हुँदै आएको उल्लेख छ । हाल भारतबाट नेपाल र वंगलादेश तथा भुटानबाट भारतले मात्र विद्युत् व्यापार गरिरहेको उल्लेख गर्दै प्रतिवेदनमा सार्कभित्र द्विपक्षीय र बहुपक्षीय व्यापारको आवश्यकता औंल्याइएको छ । प्रतिवेदनमा सार्क राष्ट्रभित्र व्यापार प्रवद्र्धनका लागि द्विपक्षीय तथा वहुपक्षीय सम्झौता, प्रतिस्पर्धात्मक बजार मूल्य, व्यापारिक व्यवस्थापन, लगानी व्यवस्थापन, विवाद समाधान तथा समन्वयात्मक योजना र कार्यान्वयनमा जोड दिइएको छ । प्रतिवेदनले सार्कभित्र राजनीतिक, नीति र नियमन, आयोजना विकास र व्यापारिक जोखिमता रहेको उल्लेख गर्दै सार्कभित्र वैदेशिक लगानी (एफडीआई)मा जोड दिएको छ । यूएसएआईडीका निर्देशक माइकल साटिनले दक्षिण एसियामा विद्युत् व्यापारको उच्च सम्भावना र अवसर रहेको बताउँदै सार्कभित्र सरकारी र निजी क्षेत्रको सामुहिक सहकार्य र समन्वय आवश्यक रहेको बताए । विद्युत् व्यापारका लागि सार्कभित्र एउटै पुलदक्षिण एसियाभित्रका राष्ट्रहरूबीच विद्युत् व्यापार आदानप्रदानका लागि एउटै पुल बनाउनुपर्नेमा जोड दिएका छन् । सार्क चेम्बरले आयोजना गरेको छैटौ सार्क विजनेस लिडर्स कनक्लेभ २०१८ को अवसरमा समन्वयमार्फत ऊर्जामा सहकार्य र क्षेत्रीय समन्वयबारेको छलफलमा उनीहरूले सार्कभित्र उच्च व्यापारको सम्भावना रहेको उल्लेख गर्दै सार्कभित्र यसका लागि एउटै पुल बनाउनुपर्ने बताएका थिए । सार्क क्षेत्रभित्रका विज्ञ तथा ऊर्जामा सहयोग गरिरहेका देशका प्रतिनिधिहरूले दक्षिण एसियाको उच्च विकास हासिल गर्नका लागि ऊर्जामा लगानी आवश्यक रहेको बताए । नेपालका लागि अमेरिकी राजदूत एलाइना बी. टेप्लिजले सार्कभित्र र बाहिर विद्युत् व्यापारका लागि सामुहिक सहकार्य र समन्वय आवश्यक रहेको बताइन् । पीटीसी भारतका अध्यक्ष दीपक अमिभले दक्षिण एसियाभित्र व्यापारका लागि भारतले कनेक्टिीभीलाई जोड दिइरहेको बताउँदै पूर्वाधारसँग उत्पादन बढाउनका लगानी आवश्यक रहेको बताए । वंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्राध्यापक डा. मोहम्मद तमिमले दक्षिण एसियामा विद्युत् व्यापारका लागि केही अवरोधहरू रहेकोले ती अवरोधहरू हटाउनका लागि सामूहिक पहलको आवश्यकता रहेको बताए ।