विद्युत प्राधिकरणको स्युचाटार सवस्टेशनमा आगलागी

    2566

    कलंकीको स्यूचाटारस्थित नेपाल विद्युत प्राधिकरणको सब स्टेशनको ट्रान्सफर्मरमा सोमबार दिउँसो आगलागी हुँदा एक करोड रुपियाँ भन्दा बढिको क्षति भएको छ ।  यो आगलागी स्युचाटारमै रहेको मुलुकभरको विद्युत भारलाई नियन्त्रण गर्ने भार प्रेषण केन्द्रमा नभई कुलेखानी जलविद्युत आयोजनाबाट उत्पादित विजुली काठमाडौं उपत्यकामा वितरण हुने सवस्टेशन हो ।  उक्त आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले जानकारी दिए । सर्किट सर्ट भएर उक्त आगलागी भएको अनुमान गरिएको छ ।  आगो लागेपछि नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दमकल बोलाइएको थियो । करिव आधा घण्टामै आगो नियन्त्रणमा आए पनि क्षति भने ठूलो भएको छ ।

    transformer-fire-in-substation