विद्युत् प्राधिकरणका चार उपकार्यकारी निर्देशक राजीनामाको तयारीमा

    1263
    कार्यकारी निर्देशकबाट मुकेशराज काफ्लेले राजीनामा गरेपछि नेपाल विद्युत् प्राधिकरणमा तीव्र असन्तुष्टि देखिएको छ ।
    काफलेले कार्यकारी निर्देशकबाट राजीनामा गरेपछि शनिबार उपकार्यकारी निर्देशकहरूले बैठक बसी सामूहिक राजिनाको तयारी गरेका छन् । राजीनामा दिने तयारीमा रहेका उपकार्यकारी निर्देशकमा कनैयाकुमार मानन्धर, शेरसिंह भाट, सुरेन्द्रराज भण्डारी र गोपालबाबु भटटराई छन् । ४ जना उपकार्यकारी निर्देशकले दुई महिना लामो विदा कार्यकारी निर्देशक काफ्लेबाट स्वीकृत गराइसकेका छन् ।
    “चार जना राजिनामा दिने निर्णयमा पुगेका छन्,” स्रोतले भन्यो, “त्यसैका लागि लामो विदा लिएका हुन् ।” सरकारले आफू भन्दा एक तह मुनिका निर्देशक कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने तयारी गरेको भन्दै उनीहरू राजीनामा गर्ने मनस्थितीमा पुगेको स्रोतको भनाइ छ ।
    प्राधिकरणमा ८ जना उपकार्यकारी निर्देशकको दरवन्दी रहेकोमा ४ जना कामु छन भने ४ जना विदामा बसेका छन् । त्यस्तै असोज २४ गतेदखि लागु हुने गरी काफ्लेले शुक्रबार कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । उनले राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन् ।
    स्रोत : १२ खरी