‘विद्युत् चोरीको आरोपमा ६ सय पक्राउ

    1430

    पटके अभियानले सम्भव होला त विद्युत् चुहावट नियन्त्रण ?

    विद्युत् चुहावटकै नेपाल विद्युत् प्राधिकरणले बर्सेनि झन्डै १० अर्बबराबर घाटा बेहोर्नुपरेको छ भने यही कारण सर्वसाधारणले दैनिक ६ घन्टा बढी लोडसेडिङ बेहोर्नुपरेको छ । झण्डै २५ प्रतिशत चुहावट रहेको सरकारले चुहावट नियन्त्रणप्रति कम मात्र चासो दिएको छ । सधैभरि अभियान चलाउनुपर्ने भएपनि नयाँ वर्षको अवसर पारेर बैशाख महिनाभर चुहावट नियन्त्रण विशेष अभियान सुरु गरेको प्राधिकरणको यस अभियानलाई धेरैले पटके अभियान बताउँदै आएका छन् तर प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने चुहावट नियन्त्रण अभियानलाई निरन्तर अघि बढाईरहेको बताउँछन् ।

    ‘भुकम्प र नाकाबन्दीपछि प्राधिकरणको ध्यान त्यतातिर देखिएकोले केही काम नभएको जस्तो देखिएको हो तर विगतदेखि अभियान जारी छ,’ उनले भने–‘अहिले खाली बैशाख महिनाभरलाई विशेष फोकस गरेरै सबै वितरण केन्द्रमा कार्यक्रम अघि बढाएका हौ ।’

    प्राधिकरणले मातहतका आठओटै क्षेत्रीय कार्यालय र त्यसमातहतका ९४ वितरण केन्द्रहरूमा एकसाथ विशेष अभियान सुरु गरेको प्राधिकरणमा प्राविधिक चुहावट १५ प्रतिशत छ भने चोरी चुहावट १० प्रतिशत छ । हिउँदमा १३ घन्टासम्म लोडसेडिङको चरम समस्या भोगिरहेको बेला एक मेगावाट समेतको भूमिका महŒवपूर्ण छ, तर विद्युत् प्राधिकरणका अनुसार कुल ७ सय ५० मेगावाटमध्ये १ सय ८० मेगावाटबराबरको विद्युत् चुहावट हुने गरेको छ ।

    प्राविधिक रूपमा चुहावट पूर्ण रूपमा अन्त्य असम्भव भए पनि चोरी चुहावट घटाउन सके र प्राविधिक चुहावट १० प्रतिशतमा झार्न सके ३ देखि ४ घन्टा लोडसेडिङ घट्ने प्राधिकरणको अनुमान छ ।

    विद्युत् प्राधिकरणले चुहावट नियन्त्रणका लागि नयाँ वर्षको अवसर पारेर विशेष अभियान सुरु गरेको प्राधिकरणले हुकिङ गरी चोरी चुहावट गरेको आरोपमा ६ सय जनालाई पक्राउ गरेको छ । प्राधिकरणका अनुसार, १ बैशाखपछि प्राधिकरणले १६ सय २६ ओटा प्रत्यक्ष हुकिङ गरेको भेटाएको र यसको क्रममा हालसम्म ६ सय पक्राउ परिसकेका छन् ।

    विशेष गरी वारा, पर्सा, रौतहट, नेपालगञ्ज, जनकपुर, इनरुवा, सिरहा, जलेश्वर, लालबन्दी, मलंगवा, कलैया, भरतपुर लगायतका क्षेत्रका व्यक्तिहरु पक्राउ गरिएको र यसक्रममा १ करोड ८ लाख असुली गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरण चुहावट नियन्त्रण महाशाखा प्रमुख सचिदानन्द यादवले हालसम्म समयमै ९ करोड ८८ लाख ९१ हजार बक्यौता नतिर्ने ६ हजार ३१ ग्राहकमा लाइन काटिएको र ६ करोड २९ लाख ६५ हजार असुली गरिएको छ ।

    त्यसैगरी प्राधिकरणको अभियानकै क्रममा कालोसूचीमा रहेका १ सय ११ ग्राहकबाट २९ लाख ८० हजार र स्वीकृत क्षमताभन्दा बढी विद्युत् उपयोग गर्ने ६१ जना ग्राहकबाट ५ लाख ५५ हजार असुली गरिएको छ । त्यसैगरी, २० हजार ६ सय ३५ ग्राहकको रिसिलिङ मिटर निरीक्षण गरी १ हजार २८ बन्द मिटर बदली गरेको, २१ हजार ९ सय ३५ ग्राहकको मिटर निरीक्षण गरेको प्राधिकरणले जनाएको छ ।

    चुहावट घटाउन २०६८ सालमा पञ्चवर्Èीय रणनीति बनाइएको थियो । जसमा त्यतिबेला रहेको २८ दशमलव ३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो । तर, पाँच वर्ष पुग्न लाग्दासमेत अझै चुहावट २५ प्रतिशत छ ।

    यस वर्ष १ प्रतिशत चुहावट घटाउने लक्ष्य प्राधिकरणको छ । १ प्रतिशत चुहावट घटाउनु ७ मेगावाट उत्पादन बढाउनु भए पनि सरकारले चुहावट नियन्त्रणलाई खासै प्राथमिकता दिएको छैन । विद्युत् चुहावट नियन्त्रणलाई विद्युत् उत्पादनभन्दा बढी महŒव दिनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन् ।

    चुहावट गर्नेलाई चोरीसरहको अपराध मानेर फौजदारी मुद्दा बनाउन सकेको खण्डमा नियन्त्रण हुन सक्ने र यसको अधिकार वितरण केन्द्रलाई दिनुपर्ने माग वितरण केन्द्रका प्रमुखको छ । चुहावट नियन्त्रणका लागि कर्मचारी अभाव, भौतिक साधन सुविधा र बजेटको अभावका साथै प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नु पनि कारण देखिएको छ ।

    स्रोत : भीम गौतम/राजधानी