विद्युत् आयोजना अवरुद्ध

    1376

    असार ३०, २०७४- अविरल वर्षात्सँगै अरनिको राजमार्ग आसपासका जलविद्युत् आयोजनाहरूको निर्माणमा अवरोध सिर्जना भएको छ । जुरे पहिरो, भूकम्प र भोटेकोसी बाढीले क्षति पुगेको विद्युत् आयोजनाहरूको निर्माण र मर्मतमा अविरल वर्षात्ले थप अवरोध गरेको हो ।

    वर्षात्ले सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन सकेको छैन । नदीको सतह बढ्दा संरचना निर्माण गर्न कठिनाइ उत्पन्न भएको छ । ठाउँठाउँबाट पहिरो झरेको छ । यसले कर्मचारीले आफूलाई असुरक्षित महसुस गरेका छन् । भूकम्पले क्षति पुर्‍याएको ४५ मेगावाटको भोटेकोसी आयोजनाको निर्माणले निरन्तरता पाउन सकेको छैन । भूकम्पपछि भोटेकोसी बाढीले आयोजनाको संरचना अझ बढी क्षति गरेको थियो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितका अनुसार वर्षात्ले पहिरो जान थालेपछि मर्मतमा बाधा पुगको हो । आयोजनाको टनेल, ल्याब र आवास स्थलको माथिल्लो भागबाट पहिरो खस्न थालेको छ ।

    स्रोत : कान्तिपुर