रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर निष्कासन गर्दै

    2997

    काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जलविद्युत आयोजना प्रभावित स्थानियवासिन्दालाई साधारण सेयर निष्कासन गर्ने भएको छ ।

    कम्पनीले जेठ २५ गतेदेखि आयोजना प्रभावित ताप्लेजुङका स्थानियवासिन्दालाई ५ करोड ६० लाख रुपैयाँ बराबरको ५ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन छिटोमा असार ८ गते बन्द हुने कम्पनीले जनाएको छ ।

    कम्पनीले धादिङमा ५ सय किलोवाट क्षमताको रैराङ जलविद्युत आयोजना सम्पन्न गरी हाल ताप्लेजुङमा रहेको ९.९ मेगावाटको इवाखोला आयोजना निर्माण गरिरहेको छ । कम्पनीको मुख्य प्रवद्र्धक २.४ मेगावाटको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ ।

    स्रोत:कारोबार दैनिक