रुदी ‘ए’ र रुदी ‘बी’ साना जलविद्युत आयोजना : निर्माणकार्य ठप्प

    2061

    वर्षातसँगै गएको बाढी र पहिरोका कारण लमजुङ र कास्कीको सीमानामा पर्ने रुदी खोलामा निर्माणाधीन रुदी ‘ए’ र रुदी ‘बी’ साना जलविद्युत आयोजना निर्माणको काम रोकिएको छ ।

    rudi-hydro
    केही दिनअघि गएको बाढी र पहिरोले सडक बगाएपछि आयोजना निर्माणको काम प्रभावित भएको हो । बाढीपहिरोले लमजुङको रामबजारदेखि आयोजना स्थलसम्मको करिब ३० किलो सडक खण्डरमा परिणत भएपछि निर्माण सामग्री ढुवानी हुन नसक्दा काम रोकिएको आयोजनोल जनाएको छ । बिन्ध्यबासिनी हाइड्रोपावरले निर्माण गरिरहेको रुदी ‘ए’ ८ दशमलब ८ र रुदी ‘बी’ ६ दशमलब ६ मेगावाटको आयोजना हो ।
    आयोजनाका प्रोजेक्ट म्यानेजर तथा इन्जिनियर सरोज भट्टराईका अनुसार बाढीका कारण मिजुरे–६ बालुवाबेसीमा रहेको रुदी ‘ए’ को पावर हाउसस्थल अन्यत्रै सार्नुपर्ने भएको छ । उनले पहिरोले आयोजनाको मुख्य भण्डारण स्थल नै बगाएको बताए । यस्तै बाढीले पोल बगाउँदा आयोजना निर्माणका लागि लगिएको विद्युत अवरुद्ध छ । बाढीका कारण काम रोकिएकाले तोकिएको समयमा आयोजना निर्माणको काम सम्पन्न नहुने अवस्था आएको भट्टराईले जनाए । आयोजना निर्माण कम्पनी बिन्ध्यबासिनी हाइड्रोपावरको आगामी दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । भट्टराईका अनुसार हालसम्म करिब ३० देखि ३५ प्रतिशत काम सकिएको छ । भट्टराईले बाढीपहिरोले आयोजनालाई १ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको दाबी गरे । रुदी ‘बी’ आयोजनामा भने भौतिक क्षति भएको छैन । तर, बाढीले ठाउँठाउँमा सडक बगाएको छ । सडक भत्किएका कारण सामान ढुवानी हुन नसक्दा छ ।
    थप बुझ्नुपर्ने भएमा
    सरोज भट्टराई, प्रोजेक्ट म्यानेजर