युनाइटेड मोदी हाइड्रोको १७ लाख २५ हजार कित्ता आइपिओ आउँदै

    1835

    युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र बोर्डमा यसै साता आवेदन दिएको छ । कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ ।

    मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले पर्वत जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधरण सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसको छ ।

    स्थानियलाई सेयर वितरण गरेपछि अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गर्न लागेको हो । हाइड्रोपावरले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर निस्कासन गर्ने भएको हो ।

    कम्पनीले सेयर निस्कासन तथा बिक्री प्रबर्द्वकमा एनआईबीएल क्यापिटल रहेको छ। कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ। यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।

    २०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ बाट १० मेगावाट जलविद्युत उत्पादन गरिरहेको कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गर्देछ । १०.५ मेगावाट विद्युत उत्पादन हुने यो आयोजनाको विद्युत खरिद विक्री संझौता (पिपिए) भइसकेको छ ।

    पहिलो आयोजनाबाट ०६९ असोजदेखि उत्पादन सुरु गरेको युनाइटेड मोदीले सोही आयोजना नजिकै अर्को आयोजना सुरु गर्न लागेको हो । आयोजनाको ड्याम सदरमुकाम नजिकैको चुवा र पावर हाउस मोदीबेनीस्थित कालीगण्डकीको दोभानमा रहने छ ।

    Source: Merolagani