माथिल्लो सान्जेनको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

    1226

    काठमाडौं– माथिल्लो सान्जेनको एक हजार चार सय मिटरको मुख्य सुरुङ आइतबार ‘बे्रक थु्र’ भएको छ । उक्त आयोजनाको ९८ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएको सान्जेन जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

    रसुवामा रहेको उक्त आयोजना १८–२० महिनाभित्र सम्पन्न हुने पनि उनले जानकारी दिए । भूकम्प र तराई–मधेस आन्दोलनका कारण निर्माण कार्य केही समय रोकिन गए पनि त्यसपछि भने आयोजनाको काम अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

    नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्र रुपमा अगाडि बढेको छ । माथिल्लो सान्जेनको लागत दुई अर्ब २४ करोड रुपैयाँ र सान्जेनको लागत पाँच अर्ब दुई करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    रसुवामा आयोजनास्थल रहेको सान्जेन, माथिल्लो सान्जेनको काम द्रुत गतिमा अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

    कुल दुई हजार दुई सय मिटरमध्ये हालसम्म एक हजार चार सय मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । माथिल्लो सान्जेनको क्षमता १८.८ मेगावाट र सान्जेनको ४२.५ मेगावाट छ । ती दुवै आयोजना भूकम्प र इन्धन अभावका कारण एक वर्ष पछाडि धकेलिएका छन् ।

    कुल दुई हजार दुई सय मिटरमध्ये हालसम्म एक हजार चार सय मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । माथिल्लो सान्जेनको क्षमता १८.८ मेगावाट र सान्जेनको ४२.५ मेगावाट छ । ती दुवै आयोजना भूकम्प र इन्धन अभावका कारण एक वर्ष पछाडि धकेलिएका छन् ।

    माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ । दुवै आयोजनाको लागत सात अर्ब २६ करोड रहेको छ । सान्जेन खोलाको पानीमा रसुवाको तिलुचे बगरमा बाँध बाँधी एक हजार चार सय मिटर लामो सुरुङ तथा चार सय ८० मिटर लामो पेनस्टक पाइपबाट १८.८ मेगावाट विद्युत निकाल्ने योजना छ ।

    सोही विद्युत गृहबाट निस्केको पानी र सिम्बुको खोलाको पानी मिसाई तीन हजार ६ सय मिटर लामो सुरुङ तथा एक हजार १२० मिटरको पेनस्टक पाइपको सहायताले ४२.५ मेगावाट विद्युत सान्जनेको नाममा निकालिनेछ ।

    स्रोत:नागरिक समाचार