माथिल्लो कर्णाली निर्माणमा थप भाँजो

    2485

    Mohan Vaidya, Kiranमङ्सिर ३०, दैलेख । माथिल्लो कर्णाली आयोजना निर्माण गर्ने भारतीय कम्पनी जीएमआरको योजनामा थप भाँजो हाल्दै वैद्यपक्षीय माओवादीले छुट्टै कम्पनी गठन गरेको बताएको छ । स्थानीय बासिन्दाको शेयर र निगरानीमा कर्णाली जलाधार लिमिटेडको गठन गरिएको नेकपा–माओवादीका केन्द्रीय सदस्य हर्कबहादुर शाहीले पत्रकार भेटघाट कार्यक्रममा बताए ।

    भारतीय कम्पनी जीएमआर असफल भइसकेकाले आयोजना निर्माणका लागि अर्को कम्पनी गठन गरिएको उनको दाबी थियो । ‘मुलुकको निकै सस्तो कर्णालीलगायतका आयोजना स्थानीय बासिन्दाको प्रत्यक्ष निगरानी र शेयरका आधारमा निर्माण गरिनेछ,’ शाहीले भने ।

    नेपालका ठूला राजनीतिक दलहरूको गैरजिम्मेवारीका कारण जीएमआरको हातमा आयोजना सुम्पिएको आरोप उनले लगाए । उक्त आयोजनाले दैलेख, सुर्खेत, अछाम र कालिकोटका जनताको इच्छा र चाहनाविपरीत काम गर्न थालेपछि कम्पनी गठन गरेको उनले बताए । कम्पनीमा कम्तीमा १ सय रुपैयाँको शेयर खरीद गर्नेदेखिमाथि सबैको अधिकार रहनेसमेत उनले जानकारी दिए ।

    प्रस्तुति: अभियान