भारतसँगको विद्युत खरिदमा कुलमानले जोगाए प्राधिकरणको १ अर्ब

    1360

    असार २८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको विद्युत व्यापारबाट प्राधिकरणको करिब १ अर्ब रुपैंया जोगाएका छन् । गत साल भाद्र ३१ गते प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त भएका निर्देशक घिसिङ प्राधिकरणमा आएपछि लोडसेडिङ अन्त्य गरेर एकाएक चर्चामा आएका हुन् । घिसिङ प्राधिकरणको निर्देशक नियुक्त हुनुअघिका निर्देशकले भारतबाट दैनिक करिब ३६० मेघावाट विद्युत किन्दै आएका थिए । तर, कुलमान निर्देशक भएसँगै उनले भारतसँग दैनिक ४०० मेगावाट विद्युत खरिद सुरु गरेका हुन् ।

    रोचक कुरा त के छ भने कुलमान अघिका निर्देशकले ३६० मेगावाट बिजुली करिब १६ अर्ब रुपैया सम्म खरिद गरेका थिए र लोडसेडिङ दैनिक १८ घण्टासम्म हुने गथ्र्यो । जब, कुलमानले भारतसँग ४०० मेगावाट विद्युत खरिद गरे उनी लोडसेडिङ हटाउन पनि सफल भए । कुलमानले त्यति मात्र सफलता हात पारेनन् गत सालको भन्दा ४० मेगावाट बढि विद्युत खरिद गर्दा पनि उनले १ अर्ब बढि जम्मा १७ अर्ब रुपैया भारतलाई बुझाएको विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बिजुली खबरलाई जानकारी गराए । प्रवक्ता अधिकारीका अनुसार भारतबाट नेपालले विद्युत् खरिद गर्ने विभिन्न नाकाहरु रहेका छन् ।

    ति नाकाहरुमा विद्युत विक्रि गर्ने दर फरक फरक रहेको प्रवक्ता अधिकारीको भनाई छ । भारतले नेपाललाई बिजुली विक्री गर्ने दर ३ रुपैया ५० पैसा देखि ६ रुपैंया ८० पैसासम्म भारु पर्ने र यो बार्षिक ५ पतिशत सम्म बढ्ने उनको भनाई छ । पहिलेका निर्देशकले भारतसँग विद्युत खरिद गर्दा महंगो स्थानबाट किन्ने गरेको र वर्तमान निर्देशक घिसिङले सस्तो स्थानबाट किनेकाले गतसालको भन्दा यो साल करिब १ अर्ब रुपैया जोगिएको उनले बताए ।

    Source:Nepal Newsline