बेलुका भन्दा बिहान बिजुली खपत कसरी बढ्यो ? व्यवस्थापन गर्नै कठिनाई

    1592

    काठमाडौं । पछिल्लो समयमा बिहानको समयमा बिजुलीको माग बढेको छ ।

    बेलुकाको सट्टा बिजुलीको माग बढेर व्यवस्थापन गर्न समस्या भएपछि नेपाल विद्युत प्राधिकरणले बिहान ५ देखि ९ बजेसम्म उद्योग सञ्चालन नगरिदिन अनुरोध गरेको छ ।

    प्राधिकरणले साँझ साढे ४ देखि राति साढे ८ बजेसम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेपछि विद्युत आपूर्ति गर्न सहज भएको छ ।

    सकेसम्म उद्योगलाई लोडसेडिङ नगर्ने योजना रहेको सुनाउँदै उनले बिहानको समयमा उद्योग नचलाइदिन आग्रह गरे ।

    उनले धान्न नसकिने अवस्था आए मात्र उद्योगमा लोडसेडिङ बढाउनुपर्ने अवस्था आउने भन्दै उनले यसमा सहयोग गर्न आग्रह गरेका छन् । हाल विद्युतको माग पिकआवरमा १ हजार ३ सय मेगावाटसम्म छ ।
    पछिल्लो समयमा बिहान पनि उद्योग सञ्चालनमा आई खपत बढेपछि यसलाई व्यवस्थापन गर्न कठिनाइ भएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    उनले बिहान उद्योग सञ्चालन नगरेर विद्युत आपूर्तिमा सहयोग गर्न उद्योगिसँग अनुरोध गरेका छन् ।

    औद्योगिक क्षेत्रमा दैनिक २० घण्टा निरन्तर रुपमा बिजुली आपूर्ति भइरहेको छ । भारतबाट आयात गरिएको बिजुली हेटौंडा पूर्व मात्र आपूर्ति हुने गरेको जानकारी दिँदै उनले अन्य आयोजनाबाट उपत्यकाको माग व्यवस्थापन भइरहेको सुनाए ।

    उनले हेटौंडा–स्युचाटार १३२ केभी क्षमताको प्रसारणलाइन सञ्चालनको तयारी भइरहेको बताए । सो प्रसारणलाइन सञ्चालनमा आएपछि उपत्यकामा कालीगण्डकी लगायत भारतबाट आयात गरिएको बिजुली आपूर्ति हुने उनले जानकारी दिए ।

    स्रोत:बाह्रखरी