बूढी गण्डकी नेपालकै कम्पनीमार्फत निर्माण गर्ने निर्णय हुँदै छ

    1576

    रुकुम । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बस्ने मन्त्रिपरिषद्बाट बूढीगण्डकी नेपाली कम्पनीमार्फत निर्माण गरिने निर्णय गर्ने तयारी भएको बताएका छन् । उनले रुकुमको सदरमुकाम मुसिकोटमा बिहीवार आयोजित चुनावी सभामा यस्तो धारणा राखेका हुन् ।

    सो अवसरमा उनले राष्ट्रिय गौरवको बूढी गण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण हुने बताएका छन् । उनले १२ सय मेगावाट क्षमताको बूढी गण्डकी जलविद्युत् आयोजना नेपालको गौरवसँग जोडिएको विषय भएका कारण विदेशी कम्पनीलाई निर्माणको जिम्मा नदिने बताएका छन् । उनले भने, ‘राष्ट्रिय गौरव र राष्ट्रिय महŒवको योजना नेपाल आफैले निर्माण गर्नुपर्छ ।’

    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल  नेतृत्वको सरकारले रातारात बिनाप्रतिस्पर्धा बूढी गण्डकी निर्माणको जिम्मा  चिनियाँ कम्पनी गेजुवालाई  दिने निर्णय नेपालको हितविपरीत भएको भन्दै मन्त्रिपरिषद्को निर्णयले खारेज गरेको समेत स्पष्ट पारे ।

    असोज ९ गते बसेको संसद्को कृषि तथा जलस्रोत समितिले जलाशययुक्त बूढी गण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णयसहित प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । सोअनुरुप कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले बूढी गण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने यसअघिको निर्णय खारेज गरेको थियो ।

    प्रम देउवाले देशलाई समृद्ध  बनाउन जलविद्युत्मा लगानी गर्नुपर्ने बताउँदै देशमा ठूलाठूला जलविद्युत् आयोजना निर्माण भएपछि उद्योगधन्दा कलकारखाना स्थापना हुने बताए । उनले उद्योगधन्दा कलकारखाना खुलेपछि बेरोजगारी समस्यालाई हल हुनुका साथै देश आर्थिक रूपमा समृद्ध हुने बताए ।

     

    स्रोत : आर्थिक अभियान