बुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना

    4009

    काठमाडौ, जेष्ठ ९ –
    Budhigandaki Khaभारतीय प्रसिद्ध कम्पनी ‘पटेल इन्जिनियरिङ लिमिटेड मुम्बई’ ले भारतमा बिजुली निकासी गर्ने गरी दुइटा जलविद्युत् आयोजना बढीगण्डकी क र ख निर्माण गर्न जेनेरेसन लाइसेन्स -उत्पादन अनुमतिपत्र) दिन ऊर्जा मन्त्रालयमा आवेदन दिएको छ ।

    २ सय ६० मेगावाटको बुढीगण्डकी ख र १ सय ३० मेगावाटको बुढीगण्डकी क आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन -डीपीआर) तयार गरिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन अध्ययन -ईआईए) समेत गरिसकेको कम्पनीले भारतमा निकासी गर्ने गरी आयोजना निर्माण गर्न जेनेरेसन लाइसेन्सका लागि आवेदन दिएको हो । कम्पनीले डीपीआर र ईआईए गर्दा १ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको समेत ऊर्जा मन्त्रालयका अधिकारीले दिए । उक्त कम्पनीले नेपाली साझेदार राखी संयुक्त लगानीको ‘नौलोे नेपाल हाइड्रोइलेक्टि्रक प्रालि’ नामक कम्पनी दर्ता गरेको छ । बुढीगण्डकी जलाशययुक्त आयोजनाभन्दा केही माथि निर्माण हुने छ । सरकारले स्वीकृति दिए आयोजनामा ७८ अर्ब रुपैयाँभन्दा बढी भारतीय लगानी भित्रिने छ । उक्त कम्पनी सरकारबाट स्वीकृति प्राप्त गर्नासाथ लगानी गर्न तयार रहेको समेत अधिकारीहरूले जानकारी दिए । ती दुई आयोजनाको दैनिक ६ घन्टा ३ सय ९० मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ । यसले वषर्ायाममा पूरै समय र बढी लोडसेडिङ हुने बेलुकाको समयमा दैनिक ६ घन्टा दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने छ ।  उक्त कम्पनीले ऊर्जा मन्त्रालयमा ती आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गर्ने अनुमति दिन समेत आवेदन दिएको छ । आवेदनमा कम्पनीले ती आयोजनाबाट उत्पादित बिजुली खरिद गर्न भारतीय ऊर्जा दलाल कम्पनी पीटीसीसित कुराकानी अघि बढाएको समेत उल्लेख गरेको छ । ती आयोजनाबाट उत्पादित बिजुली पीटीसीमार्फत भारतमा बेचिने छ । कम्पनीले विद्युत् प्राधिकरणलाई नेपाल-भारत अन्देशीय प्रसारण लाइन निर्माण नभएसम्मका लागि आफ्ना दुई आयोजनाबाट उत्पादित हुने बिजुली खरिद गर्न समेत आग्रह गरेको छ । कम्पनीले त्यसका लागि ‘फलब्याक पीपीए’ -भारतमा निर्यात हुन लाग्ने समयसम्मका लागि विद्युत् खरिद सम्झौता) गर्न समेत प्राधिकरणलाई आग्रह गरेको हो । नेपाल-भारतबीच अन्तरदेशीय प्रसारण लाइन ५/६ वर्षमा बनिसक्ने जानकारी प्राधिकरण स्रोतले दिएको छ । कम्पनीले ती आयोजनाबाट उत्पादित सबै बिजुली नेपालको आन्तरिक बजारमा खपत नहुने भएकाले आफूले भारतमा पीटीसीमार्फत निर्यात गर्न लागेको समेत उल्लेख गरेको छ । प्राधिकरणका अधिकारीले उक्त कम्पनीसित अन्तरदेशीय प्रसारण लाइन निर्माण नभएसम्मका लागि उक्त कम्पनीसित फलब्याक पीपीए खरिद गर्न आफूहरू रहेको जानकारी दिए । भारतमा निर्यात सुरु भएपछि पनि उक्त कम्पनीले नेपाललाई लोडसेडिङ मुक्त गर्न आवश्यक बिजुली दिन सक्ने समेत उल्लेख गरेको छ । नेपालको ढल्केबरबाट भारतको मुजफ्फरपुरसम्म अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य सुरु भइसकेको छ भने दोस्रो अन्तरदेशीय प्रसारण लाइन भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म निर्माण गर्न दुई देशबीच सहमति भइसकेको छ । दोस्रो अन्तरदेशीय प्रसारण लाइनबाट नजिक पर्ने यी दुई आयोजनाबाट उत्पादित बिजुली रुपन्देहीबाट गोरखपुरसम्मको अन्तरदेशीय प्रसारण लाइनमा जोडेर भारत निर्यात गर्ने योजना कम्पनीको छ ।

    प्राधिकरणले भारतीय अर्को कम्पनी भिलबार्डाले निर्माण गर्न लागेको १ सय २० मेगावाटको लिखु र ५० मेगावाटको बलेफी आयोजनासित भारतमा निकासी गर्न प्रसारण लाइन निर्माण नभएसम्मका लागि विद्युत् खरिद खरिदिने फलब्याक पीपीए गरिसकेको छ । पटेल इन्जिनियरिङ लिमिटेड मुम्बईले प्राधिकरणसित त्यस्तै विद्युत् खरिद सम्झौता गर्न प्रस्ताव गरेको हो ।

    Source : Kantipur