बिजुलीको बक्यौता जसको पाँच लाखभन्दा बढी छ

    1304

    आफूले बालेको बत्तीको पैसा नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबार, पूर्वराजपरिवारदेखि विभिन्न जिल्लाका नगरपालिका तथा गाउँ विकास समितिले समेत बिजुलीको महसुल तिरेका छैनन् । उनीहरूबाट एक अर्ब ४५ करोड ७८ लाख रुपैयाँभन्दा बढी महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । अस्पताल, स्वास्थ्य चौकी, कारागारलगायतका सरकारी कार्यालयले महसुल तिरेका छैनन् ।

    नागार्जुन दरबारले गणतन्त्र स्थापनापछि महसुल तिरेको छैन

    नागार्जुन दरबारले गणतन्त्र स्थापना भएपछि अर्थात् १५ जेठ ०६५ पछि बिजुलीको महसुल तिरेको छैन । गणतन्त्र स्थापनापछि सरकारले पूर्वराजालाई बस्न नागार्जुन दरबार उपलब्ध गराएको थियो । प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपनिर्देशक सूर्यप्रसाद सिवाकोटीले नागार्जुन दरबारको नाममा ७१ लाख ८० हजार बक्यौता रहेको बताए । यसमा २५ प्रतिशत जरिवाना लाग्छ । ‘गणतन्त्र स्थापनाभन्दा पहिलेको महसुल नागार्जुन दरबारले चुक्ता गरेको छ, तर त्यसपछि महसुल कसले तिर्ने भन्नेमा अन्योल हु“दा उठाउन सकिएको छैन,’ प्राधिकरण कुलेश्वर वितरण केन्द्रका प्रमुख धिरकुमार खत्रीले भने, ‘सेना मात्रै बसेका छन्, हामीलाई भित्र पस्न दिँदैनन्, महसुल तिर्न ताकेता गरेको चिठी बुझ्न मान्दैनन् ।’ यसअघि प्राधिकरणले नारायणहिटी दरबारभित्र पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको बिजुली काटेको थियो । महेन्द्र मञ्जिलको नाममा जरिवानासहित ४६ लाख ६४ हजार रुपैयाँ बक्यौता तिर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तयार भएपछि प्राधिकरणले लाइन जोडिदिएको थियो । यसैगरी, पूर्वअधिराजकुमारी ज्योत्स्नाको नाममा सात लाख ७८ हजार रुपैयाँ बक्यौता छ । 

    सबैभन्दा बढी बक्यौता काठमाडौं महानगरपालिकाको

    प्राधिकरणका अनुसार सबैभन्दा बढी बक्यौता काठमाडौं महानगरपालिकाको छ । महानगरपालिकाले सडकबत्तीको ८२ करोड १७ लाख ३१ हजार रुपैया“ महसुल तिरेको छैन । यसमा २५ प्रतिशत जरिवाना लाग्छ । पर्सा, रुपन्देही जिल्लाका सडकबत्तीको पनि भुक्तानी भएको छैन । 

    विद्युत् लाइन काटिएपछि सवा ६ करोड बक्यौता उठ्यो

    प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेपछि ६ करोड २२ लाख रुपैयाँ बक्यौता उठेको छ । प्राधिकरणले तीन हजार चार सय ११ ग्राहकको लाइन काटेको छ । उनीहरूले तिर्नुपर्ने महसुल १९ करोड २५ लाख रुपैयाँ छ । लाइन काटिएकामध्ये एक हजार पाँच सय ९५ ग्राहकले बक्यौता महसुल तिरी लाइन सुचारु गराएका छन् । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका मुलुकभरका सयभन्दा बढी वितरण केन्द्रले महसुल नतिर्ने ग्राहका लाइन काट्ने अभियान चलाइरहेका छन् । 

    सरकारी कार्यालयको लाइन काट्न सुरु

    प्राधिकरणले सोमबारबाट महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्न सुरु गरेको छ । महसुल तिर्न दिइएको सात दिनको समय सोमबार सकिएपछि लाइन काट्न सुरु गरिएका उपनिर्देशक शिवाकोटीले जानकारी दिए । 

    1-13

    2-10

    4-5

    स्रोत : सचेन गौतम/नयाँ पत्रिका