नेपाल र अष्ट्रियाबीच मन्त्री स्तरीय सम्झौता

1028

९ जेठ, काठमाडौं ।

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गरे ।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारी पत्रमा उल्लेख गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

उनका अनुसार, समझादरी पत्रमा वैकल्पिक उर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ

मन्त्री पुनले ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने गरी दुई देशबीच मंगलवार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताए ।

मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिँदै त्यसका लागि लगानी र प्राविधिक सहयोगका लागि आग्रहसमेत गरे ।

उनले नेपालमा लगानीको लागि उपयुक्त अवसर रहेको भन्दै निजी क्षेत्रलाई समेत जलविद्युत् क्षेत्रमा लगानीको लागि प्रेरित गरिदिन समकक्षी उन्ड्रेसँग आग्रह गरे ।

अष्ट्रियाका मन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा सहयोग, लगानी र सहकार्य गर्न ईच्छुक रहेको बताए । उनले सरकारी आयोजनाहरुमा प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको मन्त्री पुनको सचिवालयले बताएको छ ।

 

 

स्रोत:अन्लाईन खबर