पेट्रोलियम पदार्थको पूर्वाधार करबाट १७ अर्ब जम्मा

    1440
    सरकारले पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट सन् २०१८ को फेब्रुअरीसम्म १७ अर्ब रुपियाँ जम्मा भएको छ। बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीबाट निर्माण गर्न सरकारले पेट्रोलियम इन्धन आयात गर्दा प्रतिलिटर ५ रुपियाँ पूर्वाधार कर लगाउँदै आएको छ।

    नेपालमा पेट्रोलियम इन्धन खपतको १० वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष करिब १५ प्रतिशत वृद्धि भएको देखिन्छ। सोही आधारमा आगामी १० वर्षमा पेट्रोलियम इन्धन खपत भए करिब १ खर्ब ६४ अर्ब रुपियाँ पूर्वाधार कर वापतको रकम जम्मा हुने देखिन्छ।

    सरकारले २०७२⁄७३ देखि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपियाँमा पूर्वाधार कर लगाउने निर्णय गरेको थियो । यसअघि सरकारले पेटोलियम पदार्थमा भन्सार शुल्क, प्रज्ञापन पत्र शुल्क, सडक मर्मत सम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य आयवृद्धिकर लिँदै आएको थियो।

     -नेपाल समाचारपत्र