नेपालले जलविद्युत्मा लगानी बढाउनुपर्ने

    2388

    hydro-energyकाठमाडौं, २८ चैत- नेपालले आफूसित भएको प्रचुर जलविद्युत्को सम्भावनालाई प्रयोगमा ल्याउनुपर्ने बेला आएको विभिन्न देशका लगानीकर्ताले बताएका छन् ।
    नेपाल उद्योग वाणिज्य महासंघको ४७ औं वार्षिक साधारणसभामा चीन, भारत, लाओसलगायत अन्य देशका सरोकारवालाहरूले जलविद्युत्बाट देशको आर्थिक विकास सम्भव भएको भन्दै नेपालले आफ्नो स्रोतको परिचालनमा ढिलाइ गर्नु नहुने सुझाव दिएका छन् । उनीहरूले स्वदेशी तथा विदेशी लगानी जुटाई धमाधम आयोजना विकास गर्नुपर्ने सुझाव दिएका छन् ।
    भारतका उद्योग वाणिज्य मन्त्रालयका सहसचिव अरविन्द मेहताले भारतले पनि हिमाञ्चल प्रदेशमा धमाधम जलविद्युत् विकास गरिरहेको जानकारी दिँदै अब नेपालले पनि यसमा ढिलाइ गर्नु नहुने सुझाव दिए । उनले हिमाञ्चल प्रदेशमा मात्रै २३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भएको जानकारी दिँदै आगामी दुई वर्षमा यो प्रदेशले मात्रै १२ हजार मेगाबलाट विद्युत् उत्पादन गर्ने उनले बताए ।
    यस्तै चाइना थ्री गर्जेज कर्पोरेसनका सहायक प्रेसिडेन्ट डा. लु गोन्जनले आफ्नो कम्पनीले ७ सय ५० मेगावाटको पश्चिमसेती र २५ मेगावाटको मादी जलविद्युत् आयोजना निर्माण गर्न लागेको बताए । उनले चीनमा ७ लाख मेगावाट विद्युत् उत्पादन क्षमता भएको बताउँदै हालसम्म २ लाख ३० हजार मेगावाट विद्युत् उत्पादन गरिसकेको बताए । यस्तै हजारांै मेगावाटका अन्य ठूला तथा साना आयोजनाहरू निर्माणधीन रहेको उनले जानकारी दिए ।
    सो अवसरमा लाओसका प्रतिनिधिले आगामी सन् २०२० मा लाओसले थाइल्यान्डमा ७ हजार मेगावाट र भियतनाममा ४ हजार मेगावाट विद्युत् निकासी गर्ने जानकारी गराएका थिए । यस्तै लाओसले आगामी सन् २०२० सम्ममा ९० प्रतिशत जनतामा विद्युत् सेवा पु¥याउने लक्ष्य लिएको सो अवसरमा जानकारी गराइएको थियो ।
    यस्तै नेपाल सरकारको जलविद्युत् विकाससँग सम्बन्धित नीतिगत व्यवस्थाका बारेमा जानकारी दिँदै ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीले पर्याप्त जलविद्युत् उत्पादन नहुँदा देशमा लोडसेडिङ बढेको बताए । उनले २०४९ पछि सरकारले जलविद्युत्मा निजी लगानी खुला गरेको बताउँदै यसअवधिमा धेरै लगानीकर्ताले जलविद्युत्मा लगानी गर्न प्रस्ताव गरेको समेत उनले जानकारी दिए । उनले जलविद्युत्मा लगानी गर्न विदेशी प्रवद्र्धकलाई आग्रह गर्दै सरकारले यसलाई सरलीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

    प्रस्तुति: कारोबार