नेत्रावतीबाट २५.४ मेगावाट थप

    1395

    असार १९, २०७४- नेत्रावतीमा २५.४ मेगावाट क्षमताको सुपर आँखु खोला जलविद्युत् आयोजना निर्माण हुुने भएको छ । नेपाल विद्युत् प्राधिकरण र गोरक्ष हाइड्रोपावर प्रालीबीच विद्युत् खरिद सम्झौत (पीपीए) भइसकेको जनाइएको छ ।

    नेपाल विद्युत् प्राधिकरण र गोरक्ष हाइड्रोपावर प्रालिबीच २ साताअघि सम्झौतामा हस्ताक्षर भएको हो । वर्षाकालको ६ महिना प्रतियुनिट ४.८० रुपैयाँ र हिउँद मौसमका ६ महिना ८.४० रुपैयाँमा प्राधिकरणले बिजुली खरिद गर्ने सम्झौता भएको गोरक्ष हाइड्रोका प्रबन्ध निर्देशक विश्व कँडेलले बताए । आगामी ६ महिनाभित्र वित्तीय व्यवस्थापन गरेर माघबाट आयोजनाको निर्माण सुरु हुने उनले जनाए । आयोजनाबाट उत्पादन हुने विद्युत् त्रिशूली थ्री बी हबमा लगेर जोडिनेछ ।

    स्रोत:कान्तिपुर