लोडसेडिङ मुक्त नेपालको योजना कुलमानको नभएर ओली र आफ्नु भएको दाबी गर्दै पूर्वप्रमुख काफ्ले

    1719

    सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दै नेपाल बिधुत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक मुकेश काफ्लेले केपी ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ एक बर्षभित्र मुक्त हुँदैछ भनेर घोषणा गरेका र त्यतिबेला धेरैले यसलाई मजाक सम्झिएका थिए।ओलीले तथ्य र सबै रिपार्टको आधारमा २०७२ सालमा नेपाल लोडसेडिङ मुक्त हुन्छ भनेर घोषणा गरे र २०७३ सालमा नै नेपाल लोडसेडिङ मुक्त भएको बताए। केपी ओली प्रधानमन्त्रीबाट हटेर प्रचण्ड प्रधानमन्त्री भईसकेपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले बोलाएर राजनीतिक रुपमा आफूलाई अफ्ठ्यारो र असहजता परेकाले राजीनामा माग गरेपछि राजीखुशी राजीनामा गरेको काफ्लेले बताए।त्यतिबेला प्रचण्डले आफूलाई अन्य केहि कुरामा प्रस्ताव राख्दा समेत आफूले त्यो प्रस्ताव नस्विकारेको काफ्लेको भनाई छ।

    माग,आपूर्ति र पूर्वाधारको सन्तुलन मिलेकाले लोडसेडिङ हटेको र सन्तुलन नमिलेको दिन लोडसेडिङ हुने काफ्लेले बताए।

    लोडसेडिङको मुक्त नेपालको लागी भारतसँग बिधुत व्यापार सम्झौता गर्नु महत्वपूर्ण कुरा हो।आहिले ५०० मेगावाट बिजुली भारतबाट आयात भईरहेको छ। स्व.सुशील कोइराला प्रधानमन्त्री हुँदा उनको क्याविनेटले भारतसँग पिटिए गर्ने सम्झौता जुन गर्यो,नेपालको उर्जा क्षेत्रमा त्यो एउटा महत्वपूर्ण उपलब्धी थियो।त्यसकारण लोडसेडिङ अन्तको लागी सुशील कोइरालालाई धन्यवाद दिनुपर्ने काफ्लेको दावी छ।

    पछि,२०७२ सालमा ‘उर्जा संकट निवारण तथा बिधुत विकास दशक सम्बन्धी अवधारणा पत्र कार्ययोजना २०७२’ धेरै मिहिनेत गरेर बनाएको र त्यसपछि उर्जा क्षेत्रमा जतिपनी कामहरु भएका छन् त्यहि डकुमेन्टको आधारमा भएका छन्। त्यहि डकुमेन्टमा २०७३ सालदेखी लोडसेडिङ हँदैन भनेर पनि लेखिएको काफ्लेले दावी गरे। तत्कालीन प्रधानमन्त्री केपी ओली,उर्जामन्त्री टोपबहादुर रायमाझी,तत्कालीन सचिव सुमन प्रसाद शर्मा र हाल उर्जा मन्त्रालयमा रहेको सहसचिव दिनेशकुमार घिमिरे र आफ्नो संयुक्त मिहिनेत र प्रयासले नेपाल लोडसेडिङ मुक्त भएको काफ्लेको दावी छ।

    नेपालको आन्तरिक बिधुत उत्पादन लाजमर्दो अवस्थामा छ।तर भारतबाट भने चाहिने जति विजुली आयात गर्न सकिने अवस्था भने रहेको छ। बिधुत प्राधिकारणको कार्यकारी निर्देशकबाट बाहिर निस्कदा आफू निष्कलंक भएर निस्किएको र आफ्ना बारेमा अनर्गल प्रचार भएकोमा काफ्लेले गुनासो गरे।

    स्रोत:स्वदेश नेपाल