नवीकरण उर्जाको अनुदानमा ५० प्रतिशत वृद्धि

    3244

    २२ फागुन, काठमाण्डौं । सरकारले नवीकरणीय उर्जाको झन्डै ५० प्रतिशत अनुदान वृद्धि गरेको छ । ग्रामिण क्षेत्रमा दिइने अनुदान कम भउको भन्दै बढाउनका लागि माग भइरहेको र उर्जा संकट चुलिएको बेला सरकारले नवीकरणीय उर्जामा वृद्धि गरेको हो ।

    विज्ञान तथा प्रविधि मन्त्रालय र उक्त मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको प्रस्तावमा नवीकरणीय उर्जा अनुदान नीति ०६९ मन्त्रिपरिषद्बाट पारिए भएपछि अनुदान एकमुष्ट रुपमा बढेको हो । पहिला अति विकट र विकट क्षेत्रमा बराबर अनुदान तथा त्यसको विकटताको आधारमा बढी भए पनि अहिले भने विकटताको आधारमा क, ख र ग वर्ग छुट्याई एकमुष्ट रुपमा वृद्धि गरिएको छ । पछिल्लो पटक सरकारले ०६६ सालमा नवीकरणीय उर्जा अनुदान ल्याएको खबर सौर्य दैनिकले छापेको छ ।

    पारित अनुदान नीतिका अनुसार पहिला लघु जलविद्युतमा प्रति मेगावाट अधिकतम एकलाख २० हजार रुपैयाँसम्म रहेकोमा बढाएर दुई लाख २० हजारसम्म पुर्‍याइएको छ । नीति अनुसार ‘क’ वर्गले दुई लाख २० हजार, ‘ख’ वर्गले एक लाख ९० हजार र ‘ग’ वर्गले एकलाख ७० हजार रुर्पयाँ प्रति  वाट पाउनेछन् ।

    Source : Online Khabar