दुई हजार मेगावाटका लाइसेन्स खारेज

    2711

    ४ कात्तिक, काठमाडौं ।

    doed जलविद्युत आयोजनाको सर्भेक्षण लाइसेन्स लिएर सन्तोषप्रद कार्यप्रगति गर्न नसक्ने कम्पनीका २ हजार मेगावाट बढी क्षमताका लाइसेन्स खारेज भएका छन् । हालससम्म कूल अनुमानित विद्युत क्षमता २ हजार १ सय मेगावाट रहेका १ सय ९ वटा लाइसेन्स खारेज भएका विद्युत विकास विभागले जनाएको छ ।

    विद्युत विकास विभागले निजी कम्पनीलाई जलविद्युत उत्पादनको अनुमति दिन थालेपछि काम गर्न नसक्ने कम्पनीका लाइसेन्स पनि खारेज गर्न थालेको हो । पहिलो लाइसेन्स खारेज २०५१ सालमा भएको थियो भने २०७० सालमा पनि लाइसेन्स खारेज भएका छन् । लाइसेन्स खारेजीको दु्रत गति भने २०६५ सालयता देखिन्छ । विगतमा लाइसेन्स ओगटेर बस्ने प्रवृत्ति बढेपछि सरकारले नविकरणमा कडाइ गरेको थियो ।

    गत वर्ष सरकारले लाइसेन्स शुल्कमा भारी वृद्धि गरेपछि एकातर्फ जथाभावी नयाँ लाइसेन्स लिने प्रवृत्ति कम भएको छ भने अर्कोतर्फ नविकरण नगरेका कारण पनि लाइसेन्स रद्द भएका छन् । विभागले प्रवर्द्धकहरुले पेश गरेका कागजात केलाएर अध्ययन गर्न नपाएको कारण खारेज गर्नुपर्ने लाइसेन्सले अझै नविकरण हुने मौका पाएको कर्मचारीहरु बताउँछन् ।

    अहिले दुई वर्षको लागि ११ मेगावाटको लाइसेन्स लिन ६० लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । शुल्क वृद्धिले वास्तविक लगानीकर्तालाई मर्का नपरेको र लाइसेन्स लिएर महँगोमा बेच्ने दलाललाई मात्र मर्का परेको ऊर्जा मन्त्रालयका अधिकारीको दाबी छ ।

    अहिले ५ सय मेगावाट क्षमता बढीका आयोजनाको विद्युत विकास सम्झौता गर्ने अधिकार लगानी बोर्डमा सरेपछि ठूलो आयोजनाको लाइसेन्स खारेजी हुनबाट जोखिएको छ । लगानी बोर्डले नेगोसिएसन गर्ने प्रक्रिया लामो समयदेखि कायम राखेको छ ।

    जलविद्युत आयोजनाको सर्भे लाइसेन्स लिएर न्यूनतम कागजात पेश गरी वाषिर्क नविकरण गर्दै जाने र वास्तविक लगानीकर्ताले आयोजना खोज्दा नपाउने अवस्था रहेको छ । लाइसेन्स होल्डरहरुले आफूले लगानी गरेको १०/२० गुणा बढी मूल्यमा लाइसेन्स होल्डर कम्पनीको सेयर त्यस्ता लगानीकर्तालाई बेचेर मुनाफा गर्ने प्रवृत्ति यहाँ रहेको छ ।

    अहिले ५ सय मेगावाट क्षमता बढीका आयोजनाको विद्युत विकास सम्झौता गर्ने अधिकार लगानी बोर्डमा सरेपछि ठूलो आयोजनाको लाइसेन्स खारेजी हुनबाट जोखिएको छ । लगानी बोर्डले नेगोसिएसन गर्ने प्रक्रिया लामो समयदेखि कायम राखेको छ ।

    @ Online Khabar