तल्लो मोदीमा ढिलाइ

    1119

    पर्वत (अस) । निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन शुरू हुन ६ महीना ढिलाइ हुने भएको छ । आगामी साउनदेखि उत्पादन थाल्ने तालिका थियो । सुरुङ तयार नभएकाले पछाडि धकेलिएको आयोजना प्रमुख पवन यादवले बताए ।

    मनाङ ट्रेड लिङ्क प्रालिले निर्माण गरिरहेको आयोजनाको हेडवक्र्सको काम ९५ प्रतिशत सकिएको छ । सुरुङ खन्ने काम पूरा भई कङ्क्रिटिङ भइरहेको छ । यादवका अनुसार कङ्क्रिटिङको काम ४० प्रतिशतको हाराहारीमा मात्रै सकिएकाले ढिला हुने देखिएको हो ।

    कमजोर भौगर्भिक अवस्थाका कारण सुरुङमा समस्या देखिएको आयोजना कङ्क्रिटिङमा पनि समय लागेको छ । सुरुङको काम पूरा हुन ४ महीना थप लाग्ने यादवले बताए । विद्युत्गृहमा ७० प्रतिशत काम सकिएको छ । आयोजनामा जडान हुने हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आयात भइसकेको मनाङ ट्रेड लिङ्कले जानकारी दिएको छ ।

    स्रोत:अभियान