जोशी हाइड्रोपावर डेभलपमेन्टको आईपीओ आजसम्म मात्र खुला

    1928

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार बैंकिङ समयपछि बन्द हुने भएको छ ।
    कम्पनीले आयाेजना प्रभावित स्थानीयबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको २ लाख ७१ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

    आईपीओको आवेदन फारम सोमबार बैंकिङ समयपछि लिन बन्द गरिने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

    कम्पनीले आयोजना प्रभावित इलाम नगरपालिकाका १, ३ र ४ नम्बर वडाका स्थानीयबासिन्दालाई जेठ ८ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८७ रुपैयाँ २१ पैसा मात्र छ ।

    -विकासन्युज