जलविद्युतमा दुई अर्ब ३४ करोडको लगानी प्रतिवद्धता

    1765

    काठमाडौँः ‘नेपालको पानी जनताको लगानी’ सरकारी अभियानमा सघाउन सर्वसाधरणले बुधबारसम्म दुई अर्ब ३४ करोड रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन् ।

    सरकारी आह्वानलाई स्वीकार्दै सर्वसाधरणले बुधबार अपरान्हसम्ममा दुई अर्ब ३४ करोड ३० लाख ६४ हजार ६ सय ३८ रुपैयाँको लगानी प्रतिवद्धता जनाएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    ऊर्जा मन्त्रालयका अनुसार २३ हजार पाँच सय २४ जना सर्वसाधरणबाट हालसम्म अर्ब २५ करोड ७३ लाख ८९ हजार ६ सय ३७ रुपैयाँको लगानी प्रतिवद्धता आइसकेको छ ।

    त्यसैगरी २६ वटा कम्पनीबाट ८ करोड ५६ लाख ७५ हजार एक रुपैयाँको लगानी प्रतिवद्धता आइसकेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

    सरकारले जनतासँग मिलेर जलविद्युत् आयोजना निर्माण गर्ने भन्दै लगानी प्रतिवद्धता मागेको थियो । ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले जनतासँग मिलेर जलविद्युत् निर्माणका लागि सरकारले तयारी थालेको जनाएका छन्

    स्रोत : कारोबार