चुनाव सम्बन्धी बोल्दै नबोलेको विषयमा समाचार आएकोमा कुलमानको आपत्ति

    1558

    नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चुनावसम्बन्धी आफूले बोल्दै नबोलेको विषयमा समाचार आएको भन्दै खेद व्यक्त गरेका छन्।

    घिसिङले जनजातिको अधिकार अमुक पार्टीले बाहेक अरुले गर्न सक्दैनन् भनेको भन्दै समाचार आएपछि फेसबुकमा स्टायटस लेख्दै उनले खेद व्यक्त गरेका हुन्।

    ‘मैले बोल्दै नबोलेकाे कुरालाई केही सञ्चार माघ्यमले मेराे हवाला दिएर चुनाव सम्बन्धि सामाग्री सम्प्रेषण गरेकाे पाइएकाेले खेद व्यक्त गर्दछु’, उनले स्टायटसमा लेखेका छन्, ‘यस्ता गलत समाचार सम्प्रेषण नगर्नु हुन हार्दिक अनुराेध गर्छु।’

    Source :  PahiloPost