चुनावपछि स्थानीयलाई तामाकोसीको सेयर

    1312

    काठमाडौं- स्थानीयतहको निर्वाचनलगत्तै दोलखावासीलाई अपर तामाकोसी हाइड्रपावर कम्पनी लिमिटेडको एक अर्ब रुपैयाँभन्दा बढीको सेयर वितरण प्रक्रियाथालिने भएको छ।

    सरकारले वैशाख ३१ गतेलाई स्थानीयनिर्वाचनघोषणा गरेको छ। चुनावलगत्तै दोलखावासीलाई सेयर वितरण प्रक्रिया सुरु गर्नलागिएको कम्पनीले जनाएको छ। चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युतआयोजना दोलखाजिल्लामाबन्दैछ।

    ‘चुनाव सकिनसाथ स्थानीयलाई एकअर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँचलाख ९० हजार कित्ता सेयर वितरण सुरु गर्छौ,’ कम्पनीकाआयोजनाप्रमुख विज्ञानराजश्रेष्ठले शनिबार नागरिकसँगभने, ‘चुनावको अन्योलले सेयर वितरणमा ढिलाइ भएको थियो। चुनावमिति घोषणा भइसकेकाले त्यसलगत्तै सेयर वितरण प्रक्रिया सुरु गर्छौं।’

    कम्पनीले सेयर बिक्रीप्रयोजनको लागि सेयर निष्कासनतथाबिक्रीप्रबन्धकको रुपमानागरिक लगानीकोषलाई नियुक्त गरेको छ।

    कोहीपनि दोलखाली सेयर लगानीबाट छुट्न नहुने कम्पनीकोभनाइ छ। विदेशमा बस्नेले समेत बसेकै ठाउँबाट फारम डाउनलोड गरेर भरेर पठाउने व्यवस्थाकम्पनीले मिलाएको श्रेष्ठले जानकारी दिए।

    आयोजनामा स्थानीयको लगानी सुनिश्चितगर्न दोलखावासीकालागि१० प्रतिशत सेयर छुट्ट्याएको छ। २०६८ को जनगणना अनुसार दोलखाजिल्लाको जनसंख्याएकलाख ८६ हजार पाँच सय ५७ छन् भनेआयोजनाबनिरहेको ठाउँलामाबगरको जनसंख्या एकहजार आठ सय सात रहेको छ।

    आयोजनाले २०७२ सालमा नै स्थानीयवासीकालागि सेयर निष्कासनगर्ने तयारी गरेको थियो।भूकम्प गएपछि त्यो कामरोकिएको थियो।

    कम्पनीले आयोजनाप्रभावित दोलखालीकालागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासनगर्दै छ। ‘स्थानियवासीलाई सेयर जारी गरेपछि सर्वसाधारणका लागिजारी गर्छाैं,’ श्रेष्ठले भने।

    कम्पनीले दुई वर्षअघि आयोजनाकालागि ऋण दिने कर्मचारी सञ्चयकोषमा रकमजम्मागर्ने सञ्चयकर्ताको लागि एक करोड ८२ लाख ९९ हजार पाँच सय २० कित्ता, कम्पनीलाई ऋण प्रदानगर्ने संस्थाकाकर्मचारीकालागि ३० लाख ४९ हजार नौ सय २० कित्ता र कम्पनीतथाविद्युतप्राधिकरणका कर्मचारीकालागि ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर निष्कासनगरिसकेको छ।

    २०६८ सालमानिर्माण सुरु भएको आयोजना २०७४ सालअसारसम्मसम्पन्नगर्ने लक्ष्यनिर्धारण गरिएको थियो।  तर, २०७२ सालको भूकम्पले असर गरेपछि आयोजनाको लागत र समय बढेको छ।

    २०६८ मानिर्माण सुरु गर्दा उक्तआयोजना २०७४ सालअसारसम्मनिर्माण सम्पन्नगर्ने लक्ष्यनिर्धारण गरिएको थियो। तर २०७२ सालको भूकम्पले असर गरेपछि निर्माण प्रभावितभयो।

    अहिले २०७५ सालको असार महिनाभित्रपहिलो युनिट सञ्चालनमाल्याउने तयारीसाथकामभइरहेको आयोजनाले जानकारी दिएको छ। आयोजनामाचारवटा युनिट छन्। सबै युनिट सोहीवर्ष पुसभित्र सञ्चालनमाल्याउने तयारी भइरहेको छ।

    ‘तामाकोसी आयोजना समयमै सम्पन्नगर्न लागि परेका छौं,’ नेपालविद्य्त प्राधिकरणका प्रवन्धनिर्देशककुलमान घिसिङले भने, ‘आयोजनास्थलमै एकमहिना बसेर भएपनि समयमै सकाउने छौं।’ चार घन्टा पिकिङ आवरमाबिजुलीनिकाल्न सकिने भएकाले आयोजनानिर्माणलाई बढी महŒवदिइएको घिसिङले बताए।

    हालसम्मयो आयोजनामा३३ अर्ब ३२ करोड रुपैयाँखर्च भइसकेको छ। उक्तआयोजनाको लागत सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँलाग्ने अनुमानगरिएको थियो। भूकम्पलगायतकाकारण आयोजनाको लागत बढेर ४१ अर्ब७२ करोड रुपैयाँपुग्ने अनुमानगरिएको छ। भूकम्प र नाकाबन्दीको कारण करिबएकवर्ष आयोजनानिर्माण रोकिएको थियो।

    माथिल्लो तामाकोसीआयोजनानिर्माणको कामलगभगअन्तिम चरणमा पुगेको छ। हालसम्म८७प्रतिशतकाम सम्पन्नभइसकेकोआयोजनाकाअधिकारी बताउँछन्। अब १३ प्रतिशतकाममात्रबाँकी रहेको आयोजनाले जनाएको छ।

    आयोजनाको सेयर संरचनाअनुसार नेपालविद्युतप्राधिकरण ४१प्रतिशत, नेपाल टेलिकम ६प्रतिशत, नागरिक लगानीकोष दुई प्रतिशत, राष्ट्रिय बिमा संस्थानदुई दुई प्रतिशत, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरु १७.२८प्रतिशत, सर्वसाधारण १५प्रतिशत,  आयोजनामा ऋण लगानीकर्ता संस्थाकाकर्मचारी २.८८ प्रतिशत, कम्पनी र विद्युतप्राधिकरण कर्मचारी ३.८४प्रतिशत र स्थानीय दोलखाजिल्लावासीको १० प्रतिशत सेयर हुनेछ।

    दोलखाको लामाबगरमानिर्धाणाधीन चार सय ५६ मेगावाटक्षमताको माथिल्लो तामाकोसी जलविद्युतआयोजनामा७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी छ। संकलनहुने सेयर स्वपुँजीको रुपमाखर्च हुन्छ।

    स्रोत:नागरिक