चिलिमे आयोजना पुनः सञ्चालनमा

    2825

    रसुवा – बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ।
    विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

    विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ। विद्युत् उत्पादन पुनः शुरु भएपछि आज साँझदेखि शुरु हुने मतगणना कार्य सहज हुने बताइएको छ।

    स्रोत्: नागरिक