चिलिमेद्वारा लगानीकर्तालाई २९५% नगद र १००% बोनस शेयर

    2786

    असोज १५, काठमाडौं ।

    chilime_agmचिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले १० वर्षमा लगानीकर्तालाई २ सय ९५ प्रतिशत नगद र १ सय प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीको मङ्गलवार आयोजित १७औं साधारणसभामा सो जानकारी दिइएको हो ।

    कार्यक्रममा कम्पनीका अध्यक्ष अर्जुनकुमार कार्कीले कम्पनीलाई देशकै एक सशक्त जलविद्युत् कम्पनी बनाउने योजना रहेको बताए । उनले भने, ‘आगामी ४ वर्षभित्रमा हामी २ सय ७० दशमलव ३ मेगावाटका चार आयोजना निर्माण गर्दै छौं ।’ सो आयोजना निर्माणपछि थप लाभांश वितरण गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार ती आयोजनाका लागि वित्तीय व्यवस्थापन गरिसकिएको छ । गत आर्थिक वर्षमा कम्पनीले गरेको नाफाबाट ३० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

    प्रस्तुति: आर्थिक अभियान राष्ट्रिय दैनिक