केसी ग्रुपले कास्कीमा सय मेगावाट विजुली थपिने

    1364

    पोखराको प्रतिष्ठित व्यवसायिक घराना केसी ग्रुपले पाँच वर्षमा कास्कीबाट मात्रै एकसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ अगाडी बढेका छ । विद्युत उत्पादनको लागि आवश्यक तयारी समेत गरिसकिएको छ । कास्कीको विभिन्न नदीबाट पाँच वर्षमा एकसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ अगाडी बढेको केसी ग्रुपका अध्यक्ष सुर्यबहादुर केसिले बताए ।

    लक्ष्य मध्ये ११ मेगावाट विद्युत उत्पादन भईसकेको छ भने १३ मेगावाट विद्युत आगाामी पुससम्ममा थपिने छ । अन्य भने असोजपछि नै काम शुरु हुने छ भने केही हाइड्रोको पिपिए तयार भई काम सुरु भएको केसीले बताए । उनले गण्डकीको ४ दशमलव ८ मेगावाट, भगवतीको ४ दशमलव ५ मेगावाट र टास्क हाइड्रोपावरको १ मेगावाट सञ्चालनमा आईसकेको जानकारी दिए । ‘पुस मसान्तसम्ममा १३ मेगावाटको सिक्लेस हाईड्रोपावरबाट विद्युत उत्पादन शुरु गर्ने छौं ।’ उनले भने—‘परीक्षण उत्पादन गरेपछि व्यवसायिक रुपमा अघि बढ्छौं ।’

    ग्रुपले असोजदेखि मर्दीमा सात मेगावाटको विद्युत परियोजनाको काम शुरु गर्ने केसि गुपका निर्देशक रोशन केसीले जानकारी दिए । युनाईटेड इदीमर्दी एण्ड आर बी हाइड्रोपावरद्वारा निर्माण गरिने परियोजनाको पिपिए तयार भईसकेको उनले बताए ।

    इन्जिनियर समेत रहेका रोशन केसीले भने—‘दुई वर्षभित्रमा निर्माण पुरा गर्ने लक्ष्यमा छौं ।’ उनका अनुसार उक्त आयोजनाको लागि प्राईम बैंकले एक अर्ब २० करोड रुपैयाँ ऋण स्वीकृत गरिसकेको छ ।’ असोजमै ग्रुपले विजयपुर दोस्रो परियोजना शुरु गर्ने जनाएको छ । भगवती हाईड्रोपावरले विजयपुर १ निर्माण गरी व्यवसायिक उत्पादन शुरु गरिसकेको छ । सिभिल हाइड्रोपावरले विजयपुर दोस्रोको काम थाल्ने जनाएको छ । ‘भईरहेको विजयपुर १ को विद्युत गृहबाट झण्डै एक किलोमिटर तल परियोजना शुरु गर्ने छौं ।’ इन्जिनियर केसीले भने । परियोजना ४ दशमलव ५ मेगावाटको हुने छ । जसको लागत ९० करोड अनुमान गरिएको छ ।

    केसी ग्रुपले नै सेती नदीमा माछापुच्छ«े गाविसको करुवामा ३६ मेगावाटको परियोजना शुरु गर्दै छ । सेती नदीमै २० मेगावाटको अर्को परियोजना पनि थाल्ने प्रक्रिया अगाडि बढाएको उनले बताए । ३६ मेवागाटको लागि पाँच अर्ब रुपैयाँ लागतको अनुमान गरिएको छ । भने २० मेगावाटको लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    पोखरालाई पिक आवरको समयमा २५ मेगावाट विद्युत आवश्यक पर्छ । तर अहिले मागको आधा हिस्सा पनि आपूर्ति हुन सकेको छैन् । कास्कीमा केसि गु्रपले बाहेक अन्य समुहले पनि विभिन्न ठाउँमा निमार्ण कार्य अगाडी बढाएका छन् ।

    स्रोत: अभियान