कुलमानलाई असहयोग गर्ने प्राधिकरणका तीन सञ्चालकले स्पष्टिकरणपत्र बुझ्न मानेनन्

    2390

    manoj-kumar-mishra

    काठमाडौं ।

    नेपाल विद्युत् प्राधिकरणका सञ्चालकले स्पष्टिकरणपत्र बुझ्न अस्वीकार गरेका छन् ।
    मन्त्रालयले स्पष्टिकरणपत्र बुझ्नका लागि सञ्चालकहरु मनोज मिश्र, सुरज लामिछाने र लक्ष्मणप्रसाद अग्रवालले अस्वीकार गरेका हुन् । पदीय दायित्व पुरा र कार्यसम्पादन नगरेको भन्दै ऊर्जाले गत शुक्रबार मिश्र, लामिछाने र अग्रवाललाई स्पष्टिकरण सोधेको थियो । उनीहरुले पत्र बुझ्न आलटाल गरिरहेको  मन्त्रालय स्रोतले बतायो ।

    यता सञ्चालक मिश्रले आफुले पत्र नपाएको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै सञ्चालक मिश्रले आफू अहिले काम विशेषले पोखरामा भएकाले कुनै जानकारी नपाएको बताए ।

    विद्युत् प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जासचिव अनुपकुमार उपाध्यायले नेपाल विद्युत् प्राधिकरण ऐनअनुसार काम कर्तव्य पूरा नगरेको, सञ्चालकको हैसियतले कार्यसम्पादन नगरेको पाइएको भन्दै ३ जना सञ्चालकमाथि स्पष्टिकरण सोधेका छन् ।
    नेपाल विद्युत् प्राधिकरण ऐनको दफा १९ बमोजिम काम कर्तव्य र अधिकारभित्र रही काम नगरेको, बोर्ड बैठकको माइन्युटमा लामो समयदेखि हस्ताक्षर नगरी संस्थालाई आर्थिक रुपमा नोक्सान पु¥याएको र अनधिकृत रुपमा बोर्ड बैठकको निर्णय भनी विभिन्न सञ्चारमाध्यमहरुमा झुटा विवरण दिई संस्थाको गरिमा र काम कारवाहीमा असर परेको आरोप लगाइएको छ ।
    स्पष्टिकरण पेश नगरे वा सन्तोषजनक नभए कारवाही अघि बढाउने स्पष्टिकरणमा उल्लेख गरिएको छ ।

    स्रोत: कान्तिपुर दैनिक