ऊर्जा सम्मेलन २०१३ लाई सार्थक बनाइने

    2300

    २ भदौ, काठमाडौं ।

    Power_Summit13_press_conferenceस्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) को अग्रसरतामा आयोजना हुने ऊर्जा सम्मेलन २०१३ को तयारी उत्साहप्रद ढंगले भइरहेको आयोजकहरुले बताएका छन् । यही अगस्त २५ र २६ तारिखमा हुने यस सम्मेलनको आयोजकमा पावर ट्रेडिङ्ग कर्पोरेशन अफ इन्डिया र गैरआवासीय नेपाली संघ पनि रहेका छन् । ऊर्जा मन्त्रालय र लगानी बोर्डको कार्यालयले सम्मेलनमा सहयोग गरेका छन् ।

    हालसम्म स्वदेशी तथा विदेशी गरी दुई सय संस्था सहभागिताको लागि दर्ता भइसकेका इपानले आइतबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ । भारत, चीन, कोरिया, रसिया, नर्वे, चेक रिपव्लिक, क्यानाडा, अमेरिका र न्युजील्याण्डबाट जलविद्यु ऊर्जासँग सम्बद्ध संघ, संस्था, लगानीकर्ता, इक्विपमेन्ट तथा मेशिनरी आपूतिकर्ता, परामर्शदाता, बैक तथा वित्तीय संस्था, बीमा कम्पनी, विदेशी कुटनीतिक नियोगलगायत सम्मेलनमा सहभागी हुनेछन् ।

    नेपालको जलविद्यु विकासमा प्राविधिक र वित्तीय सहयोग गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरु विश्व बैंक, आईएफसी र एशियाली विकास बैंकको पनि सम्मेलनमा सहयोग रहेको उल्लेख गर्दै इपानका अध्यक्ष सुवर्णदास श्रेष्ठले सम्मेलनमा हुने उपस्थितिले नै सम्मेलनको औचित्य र महत्व पुष्टि गर्ने बताउनुभयो ।

    नेपालमा जलविद्यु विकासको सुस्तताको बावजुद स्वदेशी तथा विदेशी गरी ७४ वटा आयोजनाबाट ३ हजार ९ सय ८ मेवा उत्पादन अनुमतिको लागि आवेदन परेको उहाँले उल्लेख गर्नुभयो । साथै, विभिन्न कम्पनीबाट १२ सय मेगावाट क्षमताका ३७ आयोजना निर्माणाधीन चरणमा रहेका छन् भने विद्यु खरिद सम्झौता भइसकेका करिब ५ सय मेवा क्षमताका ७७ वटा निजी क्षेत्रका आयोजना निर्माण चरण प्रवेशको तयारीमा रहेको इपानले जनाएको छ ।

    ‘सरकारका तर्फबाट जलाशययुक्त आयोजना विकासको आयाम सुरु गरिनु, प्रसारण मार्गको तीव्र विकासमा राज्यले पर्याप्त बजेट विनियोजन गर्नु, राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत कृषि र ऊर्जा क्षेत्रमा कम्तिमा १२ प्रतिशत लगानी गर्नको लागि वाणिज्य बैंकहरुलाई उत्प्रेरित गर्नु आफैंमा सकारात्मक सूचक हो’, इपान अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

    नेपालीको प्रतिव्यक्ति प्रतिवर्ष ऊर्जा खपत ८६ किवा घण्टा मात्र रहेको आधारमा ऊर्जा विकासको ठूलो आवश्यकता र बजारको सम्भावना पनि रहेको इपानद्वारा जारी विज्ञप्तिमा विश्लेषण गरिएको छ । त्यसैले ज्Hastening Pace of Hydropower Development नारासहित भावी रणनीति र कार्य दिशाको सर्वमान्य आधारपत्र तयार गरी ऊर्जा विकासलाई गतिशिलता दिने उदेश्यले सम्मेलन आयोजना गरिएको इपानले उल्लेख गरेको छ ।

    सम्मेलन जलविद्यु विकासका कानुनी सुधारका पक्षहरु, त्यसका बीच सामान्जस्यता, प्रक्षेपित आर्थिक वृध्दि हासिल गर्न वास्तविक ऊर्जाको माग र आपूर्तिबीचको तादाम्यता, आपूर्ति व्यवस्थापनका उपाय, आयोजनामा आधारित लगानी (Project Financing) का मुख्य पक्षमा केन्दि्रत हुने विज्ञप्तिमा जनाइएको छ ।

    त्यस्तै, प्रसारण प्रणलीको दु्रत विकास एवं प्रयोगका विधि प्रकृया, स्थानीय अपेक्षा एवं सहभागिताको प्रारुप (मोडालिटी) ऊर्जामा संयुक्त राजनैतिक प्रतिवद्धता, दण्डहिनताको अन्त्य, अन्तराष्ट्रियस्तरमा मान्य हुने आयोजना विकास सम्झौता, लगानीको अनुपातमा प्रतिफलको सुनिश्चतता गर्ने उपाय सम्बन्धमा छलफल हुने इपानले जानकारी गराएको छ ।

    सम्मेलनको क्रममा आन्तरिक खपतका आयोजना र आन्तरिक लगानी, आन्तरिक खपतका आयोजना र विदेशी लगानी, वाहृय बजार केन्दि्रत आयोजना र विदेशी लगानी र विद्युीय ऊर्जाको बजार र बजार व्यवस्थापनका उपायहरु गरी चार विषयमा छुट्टाछुट्टै बहस हुने तय गरिएको छ ।

    सम्मेलनको पहिलो दिन दुई वटा सत्रअन्तर्गत ९ वटा विषयमा प्रस्तुतीकरण एवं छलफल गरिनेछ । दुई वटा प्यानेल डिस्कसनमध्ये पहिलोमा नेपालको आन्तरिक मागको अवस्था र व्यवस्थापन, निजी ऊर्जा उत्पादकहरुको अवस्था र दक्षिण एशियाको औसत ऊर्जा खपतमा नेपालले हासिल गर्न सक्ने लक्ष्यमा छलफल केन्दि्रत रहने छ ।

    दोस्रो छलफल राजनैतिक नजरमा नेपालको जलविद्युत विकास शिर्षकमा आन्तरिक र वाहृय बजार, स्थानीय अपेक्षा व्यवस्थापन र आगामी चुनावी घोषणापत्रमा यसको स्थानसम्बन्धी छलफल हुनेछ । सम्मेलनको दोस्रो दिन दुईवटा प्रविधिक सत्रअन्तर्गत ८ वटा प्रस्तुतीकरण गरिनेछ । अन्तमा निष्कर्ष केन्दि्रत प्लेनारी सत्र राखिएको छ

    इपानको आयोजनामा हुने ऊर्जा सम्मेलनलगत्तै अगस्त २८ र २९ मा जलविद्यु लगानी तथा विकास कम्पनीको आयोजनामा जलविद्युत लगानी बैठक आयोजना हुँदैछ । दुई सम्मेलनबीच समन्वय गरेर प्रभावकारिता अभिवृद्धि गर्न प्रयास गरिने इपानले जनाएको छ ।

    Source : Online Khabar