माथिल्लो तामाकोसीको ९१ प्रतिशत काम सकियो, कात्तिकभित्रै सुरुङ ‘ब्रेक थ्रु’

    1536

    काठमाडौं । निमार्णधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम लगभग अन्तिम चरणमा पुग्न लागेको छ ।

    हालसम्म आयोजनाको ९१ प्रतिशत काम सकिएको छ ।

    राष्ट्रिय गौरवको आयोजना तामाकोसीको काम अब ९ प्रतिशत मात्र बाँकी छ । आउदो कात्तिकसम्म मुल सुरुङको काम पनि सम्पन्न हुने अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए ।

    उनका अनुसार आयोजनाको जटिल प्रकृतिका काम सम्पन्न भएका छन् । हाल इलेक्ट्रोमेकानिकल र हाइड्रोमोकानिकल उपकरणको जडानको काम भइरहेको छ । यस्तै गोंगरबाट न्यूखिम्तीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भइरहेको छ ।

    निर्धारित समयमा आयोजना सम्पन्न हुने गरी काम भइरहेको उनले जानकारी दिए । श्रेष्ठकाअनुसार आयोजनाबाट आगामी ०७५ को असार अन्तिमसम्म पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । यस्तै सोही वर्षको मंसिरसम्म बाँकी युनिट सञ्चालनमा ल्याइने भएको छ ।

    आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकावन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ ।

    आयोजनामा सभिल ठेकेदारमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल उपकरण आपूर्ति भारतको टेक्सम्याक लिमिटेड, इलेक्ट्रोमेकानिकल उपकरणमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो र प्रसारणलाइन निर्माणमा भारतको केईसी इन्टरनेसनल र परामर्शदातामा नरकन्सल्ट ल्याह्मेयर इन्टरनेसनले काम रहेका छन् ।

    यता कम्पनीले रोल्वालिङ डाइभर्सनबाट बिजुली उत्पादन गर्ने भएको छ । सरकारले रोल्वालिङ डाइभर्सनबाट बिजुली उत्पादन गर्नका लागि सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) दिएको छ । यो आयोजना सम्पन्न भएपछि तामाकोसीमा १५ करोड ७० लाख युनिट बिजुली थप हुनेछ ।
    माथिल्लो तामाकोसीले रोल्वालिङ डाइभर्सन निर्माणका लागि रोप वे निर्माण गर्ने भएको छ ।

    सडक मार्ग भन्दा रोप वे बढी प्रभावकारी भएको भन्दै छेतछेतदेखि रिकुसम्म २.४ किलोमिटर लामो केवलकार निर्माण गर्न लागेको हो । केवलकार निर्माणका लागि कम्पनीले पुर्वयोग्यताको छनौटका प्रक्रियामा रहेको छ ।

    डाइभर्सन बनेपछि सुख्खायाममा रोल्वालिङको पानी थप गरेर थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन बढाउने योजना छ । माथिल्लो तामाकोसी आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ ।

    ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने छ ।

    रोल्वालिङ डाइभर्सनको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेश्नलले आयोजनो विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी बुझाइसकेको छ । आयोजनामा करिव साढे २ अर्ब रुपैयाँ लाग्ने (२ करोड ६० लाख डलर) लाग्ने प्रारम्भीक अध्ययनले देखाएको छ ।

    Source: Bikashnews