उपत्यकाबासीले अब लोडसेडिङ भोग्नु पर्दैन : ऊर्जामन्त्री

    971

    भक्तपुर । उर्जामन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकाबासीले अब लोडसेडिङ भोग्नु नपर्ने बताएका छन् ।

    रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले उपत्यकाभित्र देखिएको विद्युत् चुहावट नियन्त्रण हुनुका साथै मन्त्रालय र विद्युत प्राधिकरणका कर्मचारी व्यक्तिगत लाभ भन्दा जनहितका लागि काम गरिरहेको भन्दै उनले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताए ।

    उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालन दिने तयारीका भइरहेको समेत उनले जानकारी दिए  । मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन उर्जा क्षेत्रको बिकास अनिवार्य रहेको र सानो लोडसेडिङले हरेक क्षेत्रमा देखिएको परिवर्तनलाई आत्मसाथ गरि अब उर्जा क्षेत्रको बिकासमा हरेक क्षेत्र लाग्नु पर्नेमा जोड दिए ।
     

    Source: Baahrakhari