NEA increases power cut hours

    2672

    NEA increases power cut hours

    KATHMANDU: The Nepal Electricity Authority (NEA) has increased the power cut hours to a whopping 49 hours a week. The new schedule will be effective from Sunday.

    According to the new schedule, the Valley residents will be compelled to endure the power cut seven hours a day.

    Talking to THT Online, Bhuwan Kumar Chhetri, the chief of Load Dispatch Centre at NEA, said the NEA increased the power outage as cables in the Kusaha-Kataiya transmission line are being changed.

    According to the NEA, the power cut time can be altered within 15 days depending on the favourable or unfavourable situation.

    Currently, the NEA has been imposing daily four-hour power outage.

    Source : The Himalayan Times

    ———————————————————————————————————————————————————————-

    काठमाडौं, २७ भदौ

    loadshedding कुसाह–कटैया १३२ केभी प्रसारण–लाइनबाट विद्युत् आपूर्ति बन्द हुने भएपछि आइतबारदेखि दैनिक साढे ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।
    औद्योगिक क्षेत्रमा भने दैनिक ७ घण्टा लोडसेडिङ हुनेछ । “प्रसारण–लाइनको क्षमता वृद्धि गर्न भारतबाट आयात भइरहेको विद्युत् आपूर्ति बन्द हुने भएपछि  लोडसेडिङ बढ्ने भएको हो,” प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक  भुवनकुमार क्षेत्रीले भने, “भारतबाट ८० मेगावाट विद्युत् कटौती हुनेछ ।”
    भारतबाट आउन छाडेपछि प्राधिकरणले आइतबारदेखि पश्चिमबाट पूर्वमा विद्युत् आपूर्ति बढाउने उनले बताए । नेपालतर्फको १ हजार २ सय मिटर लाइनको क्षमता बढाउने काम सुरु भएपछि बिहान ७ देखि बेलुका ७ बजेसम्म भारतबाट विद्युत् आपूर्ति बन्द हुने उनले जानकारी दिए । राति भने आयात जारी रहनेछ । कोसीपूर्व भारतबाट आयात विद्युत्मा निर्भर छ ।
    हाल विद्युत्को माग दैनिक १ हजार ५० मेगावाट छ । भारतबाट समेत गरी आपूर्ति ७ सय मेगावाट छ । राष्ट्रिय प्रसारण प्रणालीमा अझै साढे ३ सय मेगावाट विद्युत् अपुग छ ।
    प्राधिकरणले प्रसारण–लाइनको क्षमता बढाएर हिउँदमा १ सय ५० मेगावाट बिजुली आयातको तयारी गरेको छ । हाल यो प्रसारण–लाइनबाट ८५ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । यो लोडसेडिङ कोहलपुरपूर्व मात्र लागू हुने प्राधिकरणले जनाएको छ । पश्चिममा दैनिक ४ घण्टा लोडसेडिङ छ । महाकाली सन्धिअनुसार टनकपुरबाट प्राप्त हुने ७ करोड युनिट बिजुली पनि सकिन लागेकाले त्यस क्षेत्रमा पनि लोडसेडिङ बढ्ने उनले बताए ।
    लोडसेडिङ १४ घण्टामा सीमित गरिने
    प्राधिकरणले हिउँदमा लोडसेडिङ दैनिक १२ देखि १४ घण्टामा सीमित राख्ने कार्ययोजना तयार गरेको छ । भारतबाट थप ७० मेगावाट आयात र विराटनगर मल्टिफ्युल प्लान्ट र हेटौंडाको डिजेल प्लान्ट सञ्चालनबाट ४० मेगावाट विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ प्राधिकरणले कार्ययोजना ल्याएको हो । गत वर्ष सुख्खायामम १ साता दैनिक १४ घण्टासम्म लोडसेडिङ भएको थियो । बर्सेनि विद्युत्को माग ८० मेगावाट बढ्दो छ ।
    प्राधिकरणले विद्युत् आदन–प्रदान सम्झौताअनुसार भारतबाट न्यूनतम ५० देखि बढीमा ८० मेगावाट र बाँकी प्रतियुनिट ८ रुपैयाँ १६ पैसा (५ रुपैयाँ १० पैसा भारु) मा खरिद गर्दै आएको छ । यो रकम प्राधिकरणले ग्राहकलाई बिक्री गर्ने औसत मूल्य हो । २५ प्रतिशत चुहावट र ह्विलिङ चार्ज पनि यसमा समावेश गरिएको छैन ।
    प्राधिकरणले बिहार इलेक्ट्रिसिटी बोर्ड र पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया (पीटीसी) बाट विद्युत् खरिद गर्दै आएको छ । हाल भारतबाट प्राधिकरणले १ सय ७० मेगावाट विद्युत् आयात गरिरहेको छ ।
    माघ, फागुन र चैतमा दैनिक ७० लाख युनिट बिजुली अपुग हुने प्राधिकरणले जनाएको छ । आगामी वर्ष विद्युत्को माग बढेर १ हजार २ सय ७१ मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणको छ ।
    चिसोका कारण हिउँदमा विद्युत्को माग बढ्ने तर कुलेखानीबाहेकका सबै विद्युत्गृह नदीको प्रवाह (रन अफ द रिभर) मा आधारित भएकाले उत्पादन २५ प्रतिशतसम्ममा झर्ने गरेको छ ।

    प्रस्तुति: कारोबर