अपी पावर कम्पनीको खुद मुनाफामा ८३ प्रतिशतको वृद्घि

1788

काठमाडौं-अपी पावर कम्पनी लिमिटेडको आव ०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा ३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको जनाएको छ ।
यो मुनाफा अघिल्लो आवको यही त्रैमासको तुलनामा ८३ प्रतिशतले वृद्धि भएको भन्दै कम्पनीले यसअनुसार कम्पनी अघिल्लो आवको सोही त्रैमासको तुलनामा विद्युत् बिक्रीबाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको पनि जनाएको छ । अत्तरिया बलाँच १३२ केभी ट्रान्समिसन लाइन सञ्चालनमा आएपछि विद्युत् बिक्रीबाट आम्दानी बढेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी १०.७२ र नेटवर्थ प्रतिसेयर १०८.०८ रुपैयाँ छ ।

-कारोबार