अपि पावरले तीन आयोजना अघि बढाउँदै

    1576

    api

    अपि पावर कम्पनी लिमिटेडले १ सय १३ मेगावाटका तीन जलविद्युत् आयोजना अघि बढाउने भएको छ । कम्पनीले शनिबार जारी विज्ञप्तिमा उक्त जानकारी दिएको हो ।

    कम्पनीले ७५ मेगावाटको त्रिशूली गल्छी, ४० मेगावाटको अपर चमेलिया र ८ मेगावाटको अपर नौगड गाढ जलविद्युत् आयोजना अघि बढाउन लागिएको बताएको छ । विज्ञप्तिका अनुसार अपर नौगड छिट्टै निर्माण शुरू गरेर १५ महीनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ भने त्रिशूली गल्छी आगामी कात्तिकदेखि निर्माण शुरू गरेर ४ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी, अपरगड सम्पन्न गरेपछि अपर चमेलिया आयोजना निर्माण गर्ने कम्पनीले बताएको छ । कम्पनीले सौर्य ऊर्जा (सोलार) मा समेत लगानी गर्न लागेको जानकारी दिएको छ ।

    स्रोत : अभियान