काठमाडौंः चारवटा बैंकले लाङटाङ खोला जलविद्युत् आयोजनामा १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । रसुवाको स्याफ्रुबेसीमा निर्माण हुने १० मेगावाट क्षमताको आयोजनामा सनराइज बैंक लिमिटेडको अगुवाइमा चारवटा बैंकले १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।
आयोजनामा सनराइज, सिद्धार्थ, नेपाल क्रेडिट एण्ड कमर्स र जनता बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि २ अर्ब १७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको प्रबद्र्धक उद्योगी कृष्ण आचार्य संलग्न मल्टी इनर्जी प्रालि हो ।
स्रोत:कारोबार दैनिक