अपर नेसम खोला ए आयोजनाको पिपिए सम्पन्न

1971

काठमाडौं, ७ माघ ।

सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले ६४ मेगावाट क्षमताका दुई आयोजना निर्माण अघि बढाएको छ । सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने अपर नेसम खोला ए जलविद्युत् आयोजनाको २१ मेगावाटको विद्युत खरिद सम्झौता भएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ मा निर्माण गर्न लागिएको २१ मेगावाटको उक्त आयोजना “टेक अर पे” को आधारमा विद्युत खरिद सम्झौता भएको हो ।
कम्पनीले यस अघि नै अपर नेसम खोला जलविद्युत् आयोजनाको ४३ मेगावाट निर्माणको चरणमा रहेको छ । अपर नेसम खोला ए जलविद्युत् आयोजनाको २१ मेगावाटको विद्युत खरिद सम्झौता पश्चात सिन्धु ज्वाला हाईड्रोपावर लिमिटेडले ६४ मेगावाटको दुई हाइड्रो योजना निर्माण गर्ने भएको छ । एकै स्थानमा निर्माणहुने उक्त दुवै आयोजना ३ बर्ष भित्र सम्पन्न गर्ने योजना रहेको सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडका प्रवन्ध सञ्चालक बद्री बहादुर कार्कीले जनाएका छन् । उक्त जलविद्युत आयोजना निर्माणको लागि करिव ३ अर्व माथि लागत अनुमान रहेकोे प्रवन्ध संचालक कार्कीले जानकारी दिएका छन् ।
हिजो सम्पन्न भएको विद्युत खरिद सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फवाट उपकार्यकारी निर्देशक जगदिश्वरमा सिंह र सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडको तर्फवाट कम्पनीका प्रवन्ध संचालक बद्रीबहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।