रसुवागढी र सान्जेन जलविद्युतको आईपीओ वैशाख ६ गतेदेखि, ५ हजार कित्तासम्म आवेदन दिन पाइने

1656

दुवै कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख ३८ हजार १५० कित्ता आईपीओ निष्कासन गर्ने लागेका हुन् ।

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले वैशाख ६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । दुवै कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख ३८ हजार १५० कित्ता आईपीओ निष्कासन गर्ने लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डले रसुवागढीलाई चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

यस्तै सान्जेनलाई पनि चुक्तापुँजीको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । रसुवागढीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सान्जेनको नागरिक लगानी कोष छन् ।

रसुवागढीको न्यूनतम ५० देखि ५ हजार कित्तासम्म र सान्जेनको ५० देखि २ हजार कित्तासम्म आवेदन दिन पाइने भएको छ । आईपीओ निष्कासन बन्द छिटोमा वैशाख १० सम्म तोकिएको छ ।

स्रोत : क्यापिटल नेपाल