फेदीखोला हाइड्रोपावरको पिपिए

    1796

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरण र फेदी (थुम्लुङ) खोला ३.५२ मेगावाटको प्रवद्र्धक फेदीखोला हाइड्रोपावर कम्पनीबीच विद्युत् खरिद बिक्री सम्झौता भएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वास्तोलाले आइतबार उक्त सम्झौतामा हस्ताक्षर गरे।

    कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिचो गाउँपालिकामा निर्माण गर्ने उक्त आजोजनाबाट उत्पादित विद्युत् अपर इखुवा खोला जलविद्युत् आयोजना १४.५ मेगावाटको स्विच यार्डसम्म ३३ केभी  प्रसारण लाइन र त्यसपछि १३२ केभी प्रसारण लाइनमार्फत संखुवासभाको सितलपाटीमा बन्ने २२० केभी  सबस्टेसनमा जोडिने छ ।

    उक्त आयोजनाले २०७९ फागुन ३० गतेबाट बिजुलीको व्यापारिक उत्पादन गर्नेछ।