Power Summit 2016 – December 15-16, 2016

    2057

    Independent Power Producers’ Association, Nepal (IPPAN) is hosting the Power Summit 2016 in Kathmandu from December 15-16, 2016 with the patronage of the Government of Nepal, Ministry of Energy.

    power-summit-2016

    Government of Nepal has placed hydropower as the key elements of energy security for the nation and has come with a vision of developing 10,000 MW in 10 years. In this context, the Power Summit 2016 has chosen the theme of “1000 MW by 10 Years”.

    For more : http://www.ippan.org.np

    Power Summit Press Release(Nepali)

    Power Summit 2016 Preliminary Concept(English)

    उर्जा सम्मेलन (Power Summit 2016)

    प्रेस विज्ञप्ति

    नेपालमा जलविद्युत विकासको आयामलाई विश्लेषण र हालै सरकारले घोषणा गरेको १०,००० मेगावाट कार्यनीतिलाई विष्लेषण गर्दै गतिशिलता दिने मुख्य उद्धेश्य सहित यहि मिति २०७३ म‘सिर ३० र पुस १, तदनुरुप December 15-16, 2016 गते काठमाडौंं, नेपालमा उर्जा सम्मेलन (December 15-16, 2016) को आयोजना गरिदैछ । यो सम्मेलन नेपाल सरकार र उर्जा मन्त्रालय को संरक्षकत्वमा निजी उर्जा उद्यमीहरुको साझा संगठन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) को सक्रियतामा आयोजना गरिदैछ ।

    नेपालको ऐतिहासिक राजनैतिक परिवर्तन पश्चात जलविद्युतको विकासमा आएको आम उत्साह, एवं सन २००६, २००७, २००८ र २०१३ मा आयोजना गरिएको उर्जा सम्मेलनमा स्वदेशी र विदेशी निजी क्षेत्रले देखाएको सक्रिय तत्परता एव्ॉ नेपाल सरकारद्वारा मिति २०७२÷११÷६ गते स्विकृत राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्वन्धि अवधारणा पत्र तथा कार्ययोजना–२०७२ को सफल कार्यान्वयनको लागि विषेश पहल गर्दै दिगो जलविद्युत विकासमा अगाडि बढन हामी सवै नेपाल सरकार संग हातेमालो गर्न चाहन्छौं ।

    हामी भन्दा साना, केहिवर्ष अघिमात्रै हामी भन्दा आर्थिक हिसाबले तल, हामी जस्तै भुपरिवेष्टित, हाम्रो जस्तै सशत्र द्वन्दबाट आएका संसारका सवैजसो राष्ट्रहरु अगाडि बढे तर हामी अभैm लोडसेडिङ कति घण्टा हुन्छ भनेर समय गनेर बसिरहेका छौं । हामीलाई निकै हतार हुनुपर्छ किनकी १२ बर्ष सम्म केवल ३० मेगावाट मात्रै थपेको इतिहास पनि हामीसंग छ । त्यसकारण हाम्रो राष्ट्रले गरेको १०,००० मेगावाटको संकल्पलाई विश्लेषण गर्दै “सुर्यास्तसम्मन १०,००० मेगावाट (10000 MW by the Sunset) को मूल नारा सहित उर्जा सम्मेलन गर्दैछौ ।

    उर्जा सम्मेलन किन ? (Power Summit 2016)
    नेपालमा गणतन्त्र स्थापना भएपछि सन् २००८ पछि बनेका सरकारद्वारा जलविद्युत विकास सम्वन्धमा थुप्रै नीति तथा कार्यक्रमहरु आऐ । जलविद्युतको विकास एवं ठूला जलविद्युत आयोजना बनाउनको लागि थुप्रै प्रतिज्ञा, कदम एवं दस्तावेजहरु क्रमै संग सन् २००८ पछिका दिनमा सवै सरकारबाट आइरहे । यस सम्वन्धमा सरकार फेरिए संगै थप प्रतिवद्धता एवं क्रमिक सुधार कार्यहरु अझ उन्नत हुँदै आए । दश वर्षमा दश हजार मेगावाट, अन्तरदेशिय प्रशारण लाइन, विद्युत क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्रशारण लाइन कम्पनीको स्थापना, विद्युत व्यापार सम्झौता, परियोजना विकास सम्झौता यि सवै जलविद्युत क्षेत्रलाई क्रमिक रुपले विकास गर्दै लानको लागि गरिएका कदमहरु हुन् ।
    यि सवै जलविद्युत क्षेत्रमा भएका पहल एवं नेपालका प्रमुख राजनैतिक दलहरुले जलविद्युत विकासको लागि गरिएको संयुक्त प्रतिवद्धता एवं हस्ताक्षर र तिनै राजनैतिक दलहरुले आ–आफ्नो चुनावी घोषणापत्रमा गरिएको जलविद्युत सम्वन्धि स्पष्ट प्रतिवद्धताले समेत जलविद्युत एवं जलश्रोतको विकास गर्नको लागि एक वृहत्तर एवं व्यापक राजनितीक सहमति भएको देखिन्छ ।
    सन् २०२० सम्म विकासोन्मुख राष्ट्र हुनको लागि फड्को मार्ने जुन संकल्प एवं दृढता लिइएको छ त्यसको लागि अव जलविद्युत विकासका लागि यस सम्वन्धि कार्ययोजना अनुसार नै अघि बढ्नु पर्ने छ ।
    नेपाल सरकारद्वारा मिति २०७२ चैत्र ६ गते मन्त्री परिषद्बाट स्विकृत राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्वन्धी अवधारणा पत्र मा उल्लेख भएका ९९ बुँदाहरु नै यस क्षेत्रको विकासको लागि स्पष्ट, पर्याप्त एवं व्यवहारिक योजनाका आधारहरु हुन् । वर्तमान उर्जा संकट निवारण तथा विद्युत विकास दशकले घोषणा गरेका कार्यक्रम एवं विद्युत संकट निवारण गर्ने सम्वन्धमा व्यवस्था गर्न बन्ने विद्येयक एवं विद्यमान नीतिगत व्यवस्था, समस्या र त्यसका लागि अवलम्वन गर्न सकिने उपाय समेत रहेको यस उर्जा संकट निवारण तथा विद्युत विकास दशक को नै सफल कार्यान्वयन नै नेपालको जलविद्युत क्षेत्रको विकासको आधार हो ।
    ठूला जलविद्युत आयोजनाहरुलाई अगाडि बढाउनको लागि तिसंग सम्वन्धित मुद्दाहरु जस्तै जलवायु परिवर्तन, प्रकोप व्यवस्थापन, जल व्यवस्थापन, एवं श्रोतको भरपुर प्रयोग को लागि वेसिन लेभल योजना, वातावरणीय प्रभाव एवं त्यसको व्यवस्थापनमा साझा दृष्टिकोण नेपाल जस्तो उच्च हिम श्रृखला भएको देशको लागि अत्यन्त जरुरी छ ।
    यस उर्जा सम्मेलन २०१६ ले दश हजार मेगावाट बनाउनको लागि आवश्यक रहेका हरेक पक्ष एवं यस योजनालाई हरेक पक्षसंग जोडेर सही मार्ग दर्शन एवं निर्देशिका पुस्तिका एवं दश हजार मेगावाट जलविद्युत आयोजना बनाउने लक्ष्यको लागि अनुगमन उपकरण बनि त्यसको सहि कार्यान्वयनको लागि उपयुक्त माध्यम बन्ने विश्वास लिइएको छ ।
    उर्जा सम्मेलनमा निन्नलिखित कुराहरु समेटिन्छन्
    – दश वर्षमा दश हजार मेगावाट कसरी र कहिले शुरु हुन्छ गन्ति
    – उर्जा सुरक्षा अवधारणा – नेपाल के सधै उर्जा किनेरै देश चलाउने
    – विद्युत माग एवं आपूर्तीको विश्लेषण
    – राष्ट्रिय गौरवको आयोजना – बुढी गण्डकी जलविद्युत आयोजना
    – आयोजनाको वित्तिय व्यवस्थापन – आन्तरिक लगानी
    – वैदेशिक गौरवको आयोजना – माथिल्लो त्रिशुली – १ जलविद्युत आयोजना (विदेशी लगानी)
    – राष्ट्रिय प्रशारण ग्रिड कम्पनीको स्थापना
    – एन्ऋक्ष्ी – विश्वको ठूलो ग्रिड प्रशारण कम्पनी ः नेपालले के–के सिक्ने
    – पहिलो द्विदेशिय प्रशारण आयोजना ः ढल्केवर – मुजफ्फरपुर अन्तराष्ट्रिय प्रशारण लाइन
    – जलवायु परिवर्तन एवं राष्ट्रिय प्रकोप व्यवस्थापन ः जलविद्युत आयोजना
    – जलविद्युत विकास – कसरी दिगो हुन्छ