पूर्वाधार सम्मेलनमा ११५ परियोजना

1678

मंगलबार, भदौ २४, २०७६

नेपाल उद्योग परिसंघले बुधबारदेखि आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनमा प्रारम्भिक पहिचान भएका ८२ सहित ११५ परियोजना प्रस्तुत (शोकेस) गर्ने भएको छ । प्रदेश–२ बाहेकका ६ वटा प्रदेशका सम्भाव्यता अध्ययन भइसकेका ३३ सहित यतिसंख्यामा परियोजना शोकेस गर्न लागिएको हो ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु यादवले भने सम्मेलनकै क्रममा आफूहरूले परियोजना प्रस्तुत गर्ने भनेकोले प्रदेश–२ का कुनै पनि परियोजनाहरू परिसंघले तयार पारेको परियोजनाको सूचीमा छैनन् । शोकेस गरिएकामध्ये २१ परियोजना भने यसअघि लगानी सम्मेलनको क्रममा शोकेस गरिएका परियोजनासमेत हुन् । सम्भाव्य अध्ययन भएका ३३ आयोजनाहरूको लागत भने करिब ८ खर्ब छ ।

परिसंघका अनुसार प्रदेश–१ को पहिचान भएका १७ र अध्ययन भएका ७ परियोजना समावेश छन् । ३ अर्ब बराबरको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी हल धरान, २ खर्ब १० अर्ब बराबरको वृहत विराट मास ट्रान्सपोर्टेसन परियोजना, १५ अर्ब बराबरको विराटनगर क्षेत्रीय विमानस्थल, ८ अर्ब बराबरको विराटनगरमा विशेष आर्थिक क्षेत्र, १ खर्ब ५३ अर्ब बराबरको तमोर जलाशय, २० अर्ब बराबरको रुम्जाटार र इटहरीमा मेगा स्मार्ट सिटी तथा २ खर्ब १० अर्ब बराबरको ग्रेटर विराट रिङरोट लगानी सम्मेलनमा शोकेस हुँदैछन् ।

त्यसैगरी प्रदेश–३ मा अध्ययन भइसकेका ४ परियोजना शोकेस गर्न लागिएको छ । शोकेस गर्न लागेका परियोजनामा ४४ अर्ब बराबरको पोष्टबहादुर बोगटी सुरुङ मार्ग (काठमाडांै–हेटौडा), २ अर्ब बराबरको हेटौंडा र भरतपुर नगरपालिकाको फोहोर व्यवस्थापन, ४ अर्ब बराबरको अन्तरदेशीय यातायात परियोजना र ५ अर्ब बराबरको दासढुंगा, गजपुर, गोलाघाट, नारायणी नदी पर्यटन परियोजना छन् । त्यसैगरी गण्डकी प्रदेशमा ५ अध्ययन भएका परियोजना शोकेस हुन लागेका छन् । ६ अर्ब बराबरको चरीखोला ताल तथा गाईघाट झरना बाग्लुङ, ७ अर्ब बराबरको महाशिला पार्क पर्वत, साढे ६ अर्ब बराबरको भमरकोट ट्रेकिङ रुट पर्वत, २ अर्ब बराबरको प्रदेश औद्योगिक क्षेत्र कास्की र साढे ५ अर्ब भालुपहाड स्याङजा शोकेस गर्न लागेको परिसंघले जनाएको छ ।

त्यसैगरी प्रदेश ५ का ५ परियोजना शोकेस गर्न लागिएको छ । १ अर्ब बराबरको प्रदेश इनोभेसन सेन्टर रूपन्देही, ९६ अर्ब बराबरको नौमुरे बहुउद्देश्यीय आयोजना, १० अर्ब बराबरको लाइफ स्टक भ्यालु चेन्ज परियोजना, २ अर्ब बराबरको राप्ती अन्र्तराष्ट्रिय रंगशाला र १.५ अर्ब बराबरको रुरु धार्मिक तथा पर्यटकीय क्षेत्र पाल्पा र गुल्मी शोकेस गर्न लागिएको परिसंघले जनाएको छ ।

कर्णाली प्रदेशले पहिचान भएका ६२ र अध्ययन भएका ६ परियोजना शोकेस गर्न लागिएको छ । १ अर्बको रत्न प्रोसेसिङ कम्पनी सुर्खेत, २५ अर्बको जगदुल्ला जलाशययुक्त आयोजना डोल्पा, १ अर्बको हिमालय हर्ब मेडिसिन कम्पनी, ४ अर्बको माउण्टेन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी सुर्खेत, १ अर्बको कर्णाली जडिबुटी प्रशोधन कम्पनी र ६४ अर्बको सुर्खेत हिल्सा दु्रतमार्ग शोकेस गर्न लागिएको परिसंघले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ३ पहिचान भएका र ६ अध्ययन भएका आयोजना शोकेस गर्न लागिएको छ । परिसंघका अनुसार सुदुरपश्चिम प्रदेशमा १० अर्बको सोलार ऊर्जा परियोजना दिपायल सिलगढी, १ अर्बको सिप फार्मिङ एड ऊल उद्योग, ५ अर्बको रामरोशन एकीकृत पर्यटन अछाम, ५ अर्बको बडीमालिका केबलकार बाजुरा, १– ६ अर्बको सिमेन्ट उद्योग कैलाली तथा १ अर्बको हर्बल उत्पादन, संकलन तथा प्रशोधन परियोजना शोकेस गरिन लागेको छ ।

गण्डकी प्रदेश

१. चरीखोला ताल तथा गाईघाट झरना बाग्लुङ

२. महाशिला पार्क पर्वत

३. भमरकोट ट्रेकिङ रुट पर्वत

४. प्रदेश औद्योगिक क्षेत्र कास्की

५. भालुपहाड स्याङ्जा

प्रदेश ५

१. प्रदेश इनोभेसन सेन्टर रूपन्देही

२. नौमुरे बहुउद्देश्यीय आयोजना

३. लाइफस्टक भ्यालु चेन्ज परियोजना

४. राप्ती अन्तर्राष्ट्रिय रंगशाला दाङ

५. रुरु धार्मिला तथा पर्यटकीय क्षेत्र पाल्पा र गुल्मी

 कर्णाली प्रदेश

१. रत्न प्रोसेसिङ कम्पनी सुर्खेत

२. जगदुल्ला जलाशययुक्त आयोजना डोल्पा

३. हिमालय हर्ब मेडिसिन कम्पनी

४. माउन्टेन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी

५. कर्णाली जडिबुटी प्रशोधन कम्पनी

६. सुर्खेत हिल्सा दु्रतमार्ग

अन्य परियोजना ६२

सुदूरपश्चिम प्रदेश

१. सोलार ऊर्जा परियोजना दिपायल सिलगढी

२. सीप फार्मिङ एड ऊल उद्योग

३. रामरोशन एकीकृत पर्यटन अछाम

४. बन्दीमालिका केबलकार बाजुरा

५. सिमेन्ट उद्योग कैलाली

६. हर्बल उत्पादन, संकलन तथा प्रशोधन

अन्य ३ परियोजना

प्रदेश–१

१. अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रर्दशनी हल धरान

२. वृहत् विराट मास ट्रान्सपोर्टेसन इटहरी, धरान, दुहवी, इनरुवा

३. विराटनगर क्षेत्रीय विमानस्थल

४. विशेष आर्थिक क्षेत्र विराटनगर

५. तमोर जलाशय

६. मेगा स्मार्ट सिटी (रुम्जाटार र इटहरी)

७. ग्रेटर विराट रिङरोड

अन्य परियोजना १७

प्रदेश–३

१. काठमाडौ–हेटौडा सुरुङ मार्ग

२. हेटौडा–भरतपुर फोहोर व्यवस्थापन

३. अन्तरदेशीय यातायात परियोजना

४. दासढुंगा, गजपुर, गोलाघाट, नारायणी नदी पर्यटन योजना

 

स्रोत:कारोबार