विद्युत महशुल दर बृद्धि, अब कति तिर्नुपर्छ ?

    6453

    बिजुलीको महसुल दर १९ प्रतिशतले बृद्धि भएको छ । विद्युत् महशुल निर्धारण आयोगको बिहीबारको बैठकले आउँदो साउन महिनादेखि लागू हुने गरी बिजुलीको महशुल दर बढाउने निर्णय गरेको छ ।

    Electricity-Traffic-ratesDownload Details rates effective from 1 Shawan , 2073 (Electricity Traffic rates)

    १८.३५ देखि बढीमा १९ प्रतिशतसम्म महशुल दर बढाइएको आयोगका अध्यक्ष जगतकुमार भुुसालले जानकारी दिए । मंहगोमा बिजुली किनेर उपभोक्तालाई सस्तोमा बेच्दा वर्षेनी अर्बौं रुपैयाँ घाटा थपिँदै गएकाले महशुल दर बढाउन बाध्य भएको उनले बताए ।

    महशुल दर कार्यान्वयन भएपछि नेपाल विद्युत् प्राधिकरणको वार्षिक आम्दानी ५ अर्ब रुपैयाँले बढ्ने छ भने उपभोक्ताको ढाड सेकिने छ ।

    अब २० युनिटसम्म बिजुली खपत गर्ने साना उपभोक्ताले प्रतियुनिट ३ रुपैयाँ महशुल दरका अतिरित्त न्यूनतम शुल्क ३० रुपैयाँ तिर्नुपर्ने भएको छ । हाल २० युनिट खपत गर्ने साना उपभोक्ताले १० रुपैयाँ बढी महशुल दर तिर्नुपर्ने हुन्छ ।

    गत वर्ष आयोगले १३.७ प्रतिशत महशुल वृद्धि निर्णय गरेपनि सर्वोच्च अदालतले रोक्न अन्तरिम आदेश दिएपछि कार्यान्वयनमा आएको थिएन तर सर्वोच्चले महशुल दर बढाउने बाटो खुला गरिसकेको छ । ०६९ असारमा आयोगले २० प्रतिशत महशुल बढाएको थियो । त्यसपछि महशुल बढेको छैन ।