Nepal, India To Negotiate Power Trade Deal soon

    1451

    PTA-1KATHMANDU, Aug 30  — Nepal and India will negotiate a proposed power trade agreement (PTA) in New Dehli this week.

    Seven member team lead by Secretary at Nepal’s Energy Ministry Rajendra Kishor Kshetry will be leaving Kathmandu on 3rd September,2014  to the talks at the invitation of the Indian government.

    A draft of the PTA has been forwarded to New Delhi via the Foreign Ministry, said officials at the Energy Ministry.

    “The government is preparing guidelines for the negotiation,” said Nepalese Energy Minister Radha Gyawali.

    An all-party panel consisting of ministers and senior politicians had earlier prepared and presented to the government a draft guideline on the PTA and other pacts related to a joint venture in hydropower development in Nepal.

    Governments of both countries had agreed to sign the PTA within 45 days following Indian Prime Minister Narendra Modi’s visit to Nepal from Aug 2 to 3.

    During his visit, Modi proposed harnessing Nepal’s hydropower for the mutual benefit of both countries.

    —————————————————————————————————————————————————————-

    पीटीए वार्ता : सचिवस्तरीय टोली दिल्ली जाँदै

    भदौ १४, काठमाडौं । ऊर्जामन्त्री राधा ज्ञवालीले नेपाल–भारत ऊर्जा व्यापार सम्झौतासम्बन्धी वार्ताका लागि सचिवस्तरीय सात सदस्यीय टोली भदौ १८ गते दिल्ली पठाउन लागेको जानकारी दिएकी छन् । टोलीमा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, प्रवक्ता केशवध्वज अधिकारी र मन्त्रालयकै एक विज्ञ, विद्युत् प्राधिकरणका निर्देशन शेरसिंहभाटसहित २ जनासमेत रहने उनले जानकारी दिइन् ।

    नेपालका राजनीतिक दल, ऊर्जा मन्त्रालय, सरकारले दिएको न्यूनतम ‘गाइडलाइन’भित्र रहेर उक्त टोलीलाई सम्झौतासमेत गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गरेर पठाउने तयारी भइरहेको उनले बताइन् । ‘तर, वार्ताका लागि टोली पठाउन मन्त्रिपरिषद्को अनुमति चाहिने भएकोले मन्त्रिपरिषद् बैठकले नै त्यस्तो गाइडलाइन पनि तय गर्नेछ,’ उनले भनिन्, ‘कसरी र कुन स्तरमा सम्झौता गर्दा ठीक हुन्छ भन्ने विषयमा मेरो धारणा पनि म मन्त्रिपरिषद् बैठकमा नै राख्नेछु ।’ यद्यपि, सम्झौताका लागि वार्ता मोलमोलाइको एउटा प्रक्रिया भएकाले यहाँभन्दा बाहिर जाँदै नजानू भनेर साँघुरो ‘लक्ष्मण रेखा’ नै कोर्न सक्ने अवस्था भने नरहने उनले बताइन् । 

    भारतले पठाएको प्रस्तावमा रहेका असहमतिका बुँदाहरू हटाएर परिमार्जित प्रस्ताव पठाएको र उक्त प्रस्तावको स्वागत गर्दै भारतले वार्ताका लागि नेपाली टोलीलाई बोलाएको उनले बताइन् । 

    पहिला भारतले ‘ऊर्जाक्षेत्रमा सहकार्यका लागि नेपाल–भारत सम्झौता’ शीर्षकमा ऊर्जाभित्रका जलस्रोत, लगानी, उत्पादन, प्रसारणजस्ता हरेक विषयलाई समेट्ने किसिमका प्रस्ताव पठाएको थियो । तर, उक्त प्रस्तावलाई परिमार्जन गरेर नेपालले विशुद्ध विद्युत्को व्यापारलाई मात्रै समेटेर पुनः भारतसमक्ष प्रस्ताव पठाएको थियो । 

    सोही प्रस्तावलाई भारतले स्वागत गरेपछि नेपाली पक्ष केही आशावादी बनेको छ । ‘जलविद्युत् उत्पादनका लागि निर्माण गरिने आयोजनाहरूमा लगानी गर्न विद्यमान विभिन्न ऐनहरूले पनि बाटो खुला गरेका छन्,’ उनले भनिन्, ‘उत्तराञ्चल र अरुणाचल प्रदेशमा नेपालीहरूले पनि लगानी गरेका छन्, भारतीय नागरिकले पनि नेपालमा लगानी गर्न सक्छन् ।’

    विगतमा नेपालमा भारतले आफूप्रति अविश्वासको वातावरण बनाएकोले राम्रै काम गर्न खोजे पनि विरोध हुने गरेकोले आयोजना व्यापार सम्झौता (पीटीए) र आयोजना विकास सम्झौता (पीडीए)को पनि विरोध भएको उनले बताइन् । तर, अहिले भारतले आफूप्रतिको नेपाली वा छिमेकी धारणा सकारात्मक बनाउन खोजेर तथा विश्वास जित्ने कोसिस गरिरहेकाले पीटीए हुनेमा आफू विश्वस्त रहेको मन्त्री ज्ञवालीको भनाइ छ । ‘आमनेपालीमा पनि विस्तारै भारतप्रतिको विश्वास बढ्दै जान्छ,’ उनले भनिन् ।

    Source : Abhiyan