विद्युत प्राधिकरणले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने, ऐन परिमार्जन हुँदै

1251

साउन २८, २०७६

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । पुर्ण स्वामित्वको संस्थालाई पुनसंरचना गरेर सर्वसाधारणलाई सेयर निष्कासन गरिने विद्युत प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बताए ।

हालको ऐनले नै विद्युत प्राधिकरणलाई पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था गरेको बताउदै उनले सर्वसाधारणलाई सेयर बिक्री नगर्दासम्म सरकारको स्वामित्व हुने भएकाले ऊर्जामन्त्री, राज्यमन्त्री वा मन्त्रालयका सचिव अध्यक्ष हुने प्रावधान रहेको मन्त्री पुनले सुनाए ।

पब्लिकमा गएपछि सरकारको प्रतिनिधि प्राधिकरणको अध्यक्ष नहुने उनले स्पष्टपारे । सर्वसाधारणलाई सेयर निष्कासन गर्नका लागि सरकारले विद्युत प्राधिकरण ऐनमा परिमार्जन गरी संरचरनामा परिवर्तन गर्न लागेको उनले जानकारी दिए ।

 

स्रोत:कान्तिपुर