विद्युत महशुलको बक्यौता रकम उठाउन निर्देशन

    1332

    काठमाडौं, ६ भदौं ,२०७४ ।

    ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले लामो समयदेखि बाँकि रहेको विद्युत महशुलको बक्यौता रकम उठाउन विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । लामो समयदेखि बिद्युत महशुलको बक्यौता उठाउँन बाँकी रहँदा बिद्युत प्राधिकरणलाई ठुलो आर्थिक भार परेको छ । विद्युत प्राधिकरणलाई आर्थिक भार कम गर्न र बक्यौता नतिर्ने प्रबृतिको अन्त्य गर्न ऊर्जामन्त्री शाहीले यस्तो कदम चाल्नु भएको हो । ऊर्जा मन्त्रालयले आज नेपाल बिधुत प्राधिकरणलाई एक पत्र पठाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले पत्रमार्फत निश्चित समयसीमा तोकेर सुचना जारी गर्न र तोकीएको समय सीमा भित्र बक्यौता रकम नबुझाउने , रकम बुझाउन आनाकानी गर्नेलाई आबश्यक कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो ।