सात मेगावाटको मोलुङखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

    1164

    अर्थ संसार, काठमाडौँ– ओखलढुंगामा निर्माणाधीन ७ मेगावाट क्षमताको मोलुङखोला जलविद्युत् आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।

    मोलुङ गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाको ९२ प्रतिशत काम सकिएको निमार्ण कम्पनीले जनएको छ ।

    बाँकी आठ प्रतिशत काम आगामी असोज महिनाभित्र सम्पन्न गरी आयोजना सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीले जनाएको छ ।

    आयोजना दशैअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ ।  हाल आयोजनाको पावरहाउस, कन्ट्रोल रुम तथा टर्वाइन जोड्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

    त्यस्तै पाइपलाइन जोड्ने काम समेत अन्तिम चरणमा पुगेको र ड्यामसाइटदेखि २ हजार १ सय मिटर पाइपलाइनमध्ये करिब १ सय मिटर जोड्न बाँकी छ ।

    जिल्लाकै पहिलो मोलुङखोला जलविद्युत् अयोजना सञ्चालनमा आएपछि ओखलढुंगा पुर्ण रुपमा लोडसेडिङमुक्त हुने जिल्लाबासीको अपेक्षा छ ।

    हाइड्रोपावर निर्माणको काम अन्तिम चरणमा पुगेपनि सदरमुकामस्थित गोरुमारेमा निर्माणाधीन सबस्टेसन समयमै नबन्ने हो कि भन्ने आशंका कम्पनीले गरेकोे छ । विद्युत् प्राधिकरणले शबस्टेसन निर्माणका लागि ठेकेदार कम्पनी हुलास स्टिललाई ताकेता गरिरहेको छ ।

    उसले पनि हाइड्रोपावर निर्माण हुँदासम्म शबस्टेसनको निमार्ण कार्य सकिसक्ने प्रतिबद्धता जनाएको बुझिएको छ ।
     

    एनएमबी बैंकलगायतको रु एक अर्ब ४० करोड लागतमा सो आयोजना  निर्माण भएको हो ।

    Source: The Artha Sansar News