• Home
  • News
  • International
  • Article
  • Events
  • Infrastructure
  • Interview
  • Notice
  • Press Release
Search
Thursday, March 26, 2026
Nepal Energy Forum An independent forum and an on-line channel for the Nepal energy markets(Hydropower, Wind, Biomass, Solar, Petroleum).
  • Home
  • News
  • International
  • Article
  • Events
  • Infrastructure
  • Interview
  • Notice
  • Press Release
  • News

एमसीसी खारेज गरौँः ऊर्जामन्त्री रायमाझी

January 4, 2021
2272
Share
Facebook
Twitter
WhatsApp
Email
Print

    अर्घाखाँची-नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग (एमसीसी) नेपालको हितविपरीत भएको भए खारेज गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा मन्त्रीको पद शपथ ग्रहणमा एमसीसी पास गर्नुपर्छ, भन्ने कुरा बोलेको स्वीकार गर्दै रायमाझीले भने, “कि एमसीसी छिटो पास गराएर कार्यान्वयन गरौँ, सकिँदैन भने खारेज गरौँ ।” ‘एमसीसीमा नेपालको हितका लागि भएका कुराहरू समावेश गर्दै देशद्रोही बुदाँहरू भएको भए हटाउनुपर्छ,” रायमाझीले भने ।
    ऊर्जा क्षेत्रसँग सम्बन्धित एमसीसी परियोजना परिमार्जनसहित लागू हुनुपर्ने भन्दै एमसीसी लागू गर्दा नेपाललाई फाइदा पुग्ने उनको धारणा छ । नौमुरे जलविद्युत्का सम्बन्धमा आफूले सबैभन्दा पहिले चाँसो लिएको उनले बताए । अब छिट्टै नौमुरेको डीपीआर प्रक्रिया अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
    मन्त्री रायमाझीको गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमान घिसिङलाई आफूले ल्याएको दाबी पनि गरेका छन । ‘कुलमानजीलाई मैले ल्याएर ठिक्क पारेको हुँ, उनले भने, ‘मैले सही गर्न पाइन, जनार्दनजीले कागजमा सही मात्र गर्नुभएको हो ।’ थुप्रै जलविद्युत आयोजनाहरू सम्पन्न हुने चरणमा रहेको भन्दै उनले ट्रान्समिटर लाइन नहुँदा विद्युत खेर जाने अवस्थामा रहेको बताए ।
    ऊर्जा क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको बताएका छन् । पहिले विद्युत् नपुगेर लोडसेडिङ्ग गर्ने अवस्थाबाट अहिले कता हालौं भन्ने स्थितीमा पुगेको दाबी गरे । आफू पहिले ऊर्जामन्त्री भएको बेला थुप्रै प्रयासहरू भएकाले त्यसको नतिजा अहिले देखिएको उनको भनाइ छ ।
    फरक प्रसंगमा बोल्दै उनले ओली सरकारले ताजा जनादेशमा जाने गरेको निर्णय अग्रगामी कदम रहेको बताए । देशलाई अस्थिरताबाट जोगाउन प्रधानमन्त्री ओलीले यो कदम चालेको र यो निर्णय संविधान सम्वत् रहेको उनको भनाई छ । प्रचण्ड–माधव समूहले पार्टीभित्र डढेलो लगाउने काम गरेको भन्दै मन्त्री रायमाझीले उनीहरूको अस्तित्व समाप्त भइसकेको जिकिग गरे । ताजा जनादेशबाट आफुलाई अब्बल साबित गर्न छोडेर सडकमा आन्दोलन गरेर पुरानो धङधङी देखाउनु पश्चगामी कदम रहेको उनको तर्क छ ।
    पटक–पटक प्रचण्डले सत्ता ढालेको स्मरण गर्दै उनले प्रचण्ड पार्टी फुटाउने र सत्ता उल्ट्याउने खेलमा मात्र सीमित रहेको आरोप लगाए । झलनाथ खनाल, केपि ओली, सुशील कोइराला, शेरबहादुर देउवालगायत सबैसँग साझेदारी गर्ने र सत्ता ढाल्ने खेलमा उद्दत रहेको उनको भनाइ छ ।
    अबको युग विकासको युग रहेकाले सडकमा उफ्रिएर समय खेर नफाल्न उनले आग्रह गरेका छन् । अर्घाखाँचीमा मात्र विकासका थुप्रै काम अगाडि बढेकाले त्यस्को निरन्तरताका लागी आफुले अस्थिरता त्यागेको बताए । विमानस्थल, गौरवका सडक, ऊर्जा क्षेत्रमा थप प्रगती गर्न बाँकी रहेकाले सडकमा उफ्रन नभ्याउने मन्त्री रायमाझीको भनाइ छ ।
    प्रचण्ड–नेपाल समूह विलिन भएर जाने उनको ठोकुवा छ । भविष्य, भिजन र भर नभएका नेताहरूका पछाडि लागेर कहीँ नपुगिने मन्त्री रायमाझीको भनाई छ ।

    स्रोत : कारोबार

    Share
    Facebook
    Twitter
    WhatsApp
    Email
    Print
      Previous articleDana-Khurkot transmission line completed
      Next articleपाँच सय मेगावाटसम्म आयात गर्न सकिने
      OnlineNEF@Nepal

      RELATED ARTICLESMORE FROM AUTHOR

      News

      Bagmati Hydropower Starts Test Production After 10 MW Expansion

      News

      NEA Reports Major Reduction in Power Outages and Tripping Across Nepal

      News

      Langtang Project Nears Generation, Secures Global Hydro Agreement for 10 MW Expansion

      My Tweets

      Subscribe via Email

      Enter your email address to subscribe and receive notifications of new posts by email.

      Join 8,824 other subscribers

      MOST POPULAR

      Nepal Brings Climate Crisis Reality to COP29 as Summit Begins

      November 11, 2024

      LOCALS UNHAPPY DUE TO DELAY BY GMR

      June 20, 2016

      India’s thirst for water may address power woes in Nepal

      February 11, 2016

      Govt plans to bring action plan to make economic diplomacy effective

      February 2, 2014
      Load more

      HOT NEWS

      News

      Construction of 43 MW Upper Nesham hydropower project begins

      Renegotiation of contract amount breaches law: Officials

      News

      India’s Delay on Petroleum Pipeline Subsidy Agreement with Nepal Raises Concerns

      An independent forum and an on-line channel for the Nepal energy markets(Hydropower, Wind, Biomass, Solar, Petroleum).
      Contact us: info@nepalenergyforum.com

      POPULAR POSTS

      NEA Electricity tariff rates

      July 16, 2023

      China’s Mega-Dam on the Yarlung Tsangpo: Geopolitical and Environmental Alarm

      December 28, 2024

      Water Clouds on the Tibetan Plateau

      May 12, 2016

      POPULAR CATEGORY

      • News3361
      • Article242
      • International111
      • Infrastructure39
      • Interview19
      • Events9
      • Notice9
      • Press Release4
      © NEF Online Pvt. Ltd